डोनाल्ड ट्रम्पले मध्यपूर्वका तीन देशबाट अमेरिकी अधिकारी फिर्ता बोलाउने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० जेठ, २०८२
१ वर्षअघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वी देशहरूबाट आफ्ना अधिकारीहरूलाई फिर्ता बोलाउने तयारी गरेका छन्।

बुधबार राष्ट्रपति ट्रम्पले मध्यपूर्वी देशमा रहेका अमेरिकी नियोगका कर्मचारीहरुलाई फिर्ता बोलाउने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement

ट्रम्पले फिर्ता गर्नुपर्ने कारण विस्तृतमा भनेका छैनन्। ती ठाउँहरुमा क्षेत्रीय तनावका कारण सुरक्षा चुनौती हुनसक्ने उनले बताएका छन्।

‘ती ठाउँहरु खतरनाक हुन सक्छन्। उनीहरूलाई बाहिरिनका लागि हामीले सूचना दिएका छौं, अब के हुन्छ हेरौं,’ ट्रम्पले पत्रकारहरूसँग भने।

रोयटर्सका अनुसार इराक, बहराइन र कुवेतस्थित अमेरिकी दूतावासहरूबाट गैरआवश्यक कर्मचारीलाई फिर्ता बोलाउने तयारी अमेरिकी विदेश मन्त्रालयले गरिरहेको छ।

ती देशहरूबाट सेनाका परिवारलाई पनि स्थानान्तरण गर्न लागिएको रोयटर्सले जनाएको छ।

इरानसँग आणविक सम्झौता गर्ने  ट्रम्पको प्रयास सफल हुन नसकेको अवस्था र इसराइलले इरानी आणविक भण्डारमा लक्ष्य गरेर आक्रमणको तयारी गरेका कारण अमेरिकाले आफ्ना अधिकारीहरुलाई फिर्ता बोलाउने तयारी गरेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रक्षा मन्त्री पिट हेग्सेथले मध्यपूर्वका विभिन्न स्थानबाट सैनिक परिवारका सदस्यहरूको स्वेच्छिक प्रस्थानलाई अनुमति दिइएको बताएका छन्।

‘हाम्रा सैनिक र तिनका परिवारको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। सेन्ट्रल कमान्डले मध्यपूर्वको तनावलाई नजिकबाट नियालिरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने।

सेन्ट्रल कमान्डका कमान्डर जनरल माइकल कुरिलाले बिहीबार सिनेटमा जानकारी दिने भनिएपनि लस एन्जलसको तनावका कारण स्थगित गरेका छन्।

न्युक्लियर सम्झौता नभए ट्रम्प आफैले पनि पटकपटक इरानमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएका छन्। उनले बुधबार नै एक पोडकास्टमा इरानसँगको सम्झौताको सम्भावना निकै कम देखिएको बताएका थिए।

बुधबार नै इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अजिज नासिरजादेले अमेरिकासँगको आणविक वार्ता असफल भए  र द्वन्द्व भड्किए अमेरिकाले ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका थिए।

‘उसका सबै अखडा इरानी सेनाको पहुँचमा छन् र हामी तिनलाई निशाना बनाउन हिचकिचाउने छैनौं,’ उनको भनाइ उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईतबार २५ असोज, २०८३
९ minutes

बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त

आईतबार २५ असोज, २०८३
१४ minutes

बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार

आईतबार २५ असोज, २०८३
५५ minutes

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ घण्टाअघि

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह

आईतबार २५ असोज, २०८३
२ घण्टाअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
२ घण्टाअघि
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार
आईतबार २५ असोज, २०८३
निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह
आईतबार २५ असोज, २०८३
अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीको बाढीले गोरखा–धादिङ जोड्ने पुल बगायो
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी नदीमा पानीको सतह खतराभन्दा माथि, ६ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
आईतबार २५ असोज, २०८३
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०