डोनाल्ड ट्रम्पले मध्यपूर्वका तीन देशबाट अमेरिकी अधिकारी फिर्ता बोलाउने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० जेठ, २०८२
१ वर्षअघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वी देशहरूबाट आफ्ना अधिकारीहरूलाई फिर्ता बोलाउने तयारी गरेका छन्।

बुधबार राष्ट्रपति ट्रम्पले मध्यपूर्वी देशमा रहेका अमेरिकी नियोगका कर्मचारीहरुलाई फिर्ता बोलाउने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement

ट्रम्पले फिर्ता गर्नुपर्ने कारण विस्तृतमा भनेका छैनन्। ती ठाउँहरुमा क्षेत्रीय तनावका कारण सुरक्षा चुनौती हुनसक्ने उनले बताएका छन्।

‘ती ठाउँहरु खतरनाक हुन सक्छन्। उनीहरूलाई बाहिरिनका लागि हामीले सूचना दिएका छौं, अब के हुन्छ हेरौं,’ ट्रम्पले पत्रकारहरूसँग भने।

रोयटर्सका अनुसार इराक, बहराइन र कुवेतस्थित अमेरिकी दूतावासहरूबाट गैरआवश्यक कर्मचारीलाई फिर्ता बोलाउने तयारी अमेरिकी विदेश मन्त्रालयले गरिरहेको छ।

ती देशहरूबाट सेनाका परिवारलाई पनि स्थानान्तरण गर्न लागिएको रोयटर्सले जनाएको छ।

इरानसँग आणविक सम्झौता गर्ने  ट्रम्पको प्रयास सफल हुन नसकेको अवस्था र इसराइलले इरानी आणविक भण्डारमा लक्ष्य गरेर आक्रमणको तयारी गरेका कारण अमेरिकाले आफ्ना अधिकारीहरुलाई फिर्ता बोलाउने तयारी गरेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रक्षा मन्त्री पिट हेग्सेथले मध्यपूर्वका विभिन्न स्थानबाट सैनिक परिवारका सदस्यहरूको स्वेच्छिक प्रस्थानलाई अनुमति दिइएको बताएका छन्।

‘हाम्रा सैनिक र तिनका परिवारको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। सेन्ट्रल कमान्डले मध्यपूर्वको तनावलाई नजिकबाट नियालिरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने।

सेन्ट्रल कमान्डका कमान्डर जनरल माइकल कुरिलाले बिहीबार सिनेटमा जानकारी दिने भनिएपनि लस एन्जलसको तनावका कारण स्थगित गरेका छन्।

न्युक्लियर सम्झौता नभए ट्रम्प आफैले पनि पटकपटक इरानमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएका छन्। उनले बुधबार नै एक पोडकास्टमा इरानसँगको सम्झौताको सम्भावना निकै कम देखिएको बताएका थिए।

बुधबार नै इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अजिज नासिरजादेले अमेरिकासँगको आणविक वार्ता असफल भए  र द्वन्द्व भड्किए अमेरिकाले ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका थिए।

‘उसका सबै अखडा इरानी सेनाको पहुँचमा छन् र हामी तिनलाई निशाना बनाउन हिचकिचाउने छैनौं,’ उनको भनाइ उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०