मस्कले ट्रम्पको कर र खर्च विधेयकलाई किन भने घृणित र घिनलाग्दो ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ जेठ, २०८२
१ वर्षअघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट अर्बपति इलन मस्कले ट्रम्पको कर र खर्च विधेयकलाई घृणित र घिनलाग्दो भनेका छन्।

गत महिना प्रतिनिधि सभाबाट एक भोटले मात्रै पारित सो विधेयकलाई ट्रम्पले ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल)
भन्दै आएका छन्। उनले मात्रै नभएर उनको सरकारका मन्त्री र अरू वरिष्ठ अधिकारी अनि उनीनिकट रिपब्लिकन सांसदले
पनि त्यसलाई ठूलो र सुन्दर विधेयक भनेर तारिफ गरिरहेका छन्। तर केही रिपब्लिकन सांसदले नै त्यसको विपक्षमा भोट हालेका थिए।
रिपब्लिकन पार्टीको पारम्परिक सिद्धान्त मान्ने विज्ञहरूले पनि त्यसको विरोध गरिरहेका छन्।

रिपब्लिकन पार्टी निकट मानिने द वाल स्ट्रिट जर्नलले पनि कर काट्ने र व्यापार प्रोत्साहन गर्ने केही व्यवस्था भए पनि त्यसले
संघीय बजेट घाटा र राष्ट्रिय ऋण दुवै बढाउने भनेर आलोचना गरेको छ।मस्कले सो विधेयक पास हुने बित्तिकै पनि विधेयक कि त
ठूलो हुनसक्ने कि त सुन्दर, तर ठूलो र सुन्दर दुवै हुन नसक्ने भनेर संक्षिप्त प्रतिक्रिया दिएका थिए।
तर अहिले भने उनले सो विधेयकलाई घृणित र घिनलाग्दो भनेका छन्।

‘मलाई माफ गर्नुहोस्, तर म यो अब सहन सक्दिनँ,’ आफ्नो सामाजिक सञ्जाल एक्समा मंगलबार उनले पोस्ट गरे, ‘यो विशाल,
अपमानजनक, र सांसदको स्वार्थले भरिएको संसदीय खर्च विधेयक एक घृणित, घिनलाग्दो कुरा हो। यसको पक्षमा मतदान
गर्नेहरूलाई लाज लाग्नुपर्छ: तपाईंलाई थाहा छ तपाईंले गलत गर्नुभयो। तपाईंलाई यो थाहा छ,’ उनले जोड दिए।

ट्रम्पले सरकारी सेवा प्रभावकारी बनाउन डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) खोलेर टेस्लाका प्रमुख
कार्यकारी अधिकृत मस्कलाई त्यसको प्रमुख बनाएका थिए। उनको नेतृत्वमा डोजले सरकारी खर्च कटौती गर्ने नाममा हजारौं
सरकारी कर्मचारीलाई निष्कासन गर्‍यो र अर्बौं डलरको सरकारी बजेट रोक्यो। अमेरिकाको वैदेशिक सहायता हेर्ने
विभाग युएसएआइडीमाथि धावा बोलेर वैदेशिक सहायतामा व्यापक कटौती गर्‍यो।

यस्तोमा ट्रम्पको बजेट विधेयकले संघीय सरकारी खर्च झन् धेरै बढाउने र राष्ट्रिय ऋण पनि थप्ने भएकाले
मस्कले यसको आलोचना गरेका हुन्। कतिले भने अघिल्ला राष्ट्रपति जो बाइडेनले अमेरिकामा बनेको बिजुली गाडी किन्दा
सरकारले दिने अनुदान यो विधेयकले कटाउने भएकाले टेस्लालाई नोक्सानी हुने भनेर मस्कले त्यसको विरोध गरेको
आरोप लगाएका छन्।

टेस्लाले बिजुली गाडी र सौर्य लगायत अरू ऊर्जा सञ्चित गर्न व्याट्री पनि बनाउँछ। ट्रम्पको विधेयक सिनेटबाट पास भयो
भने बाइडेन सरकारले त्यस्ता व्याट्री निर्मातालाई दिएको अनुदान पनि काटिने छ। त्यसैले उनले सो विधेयकको विरोध
गरेको उनीहरूको जिकिर छ। मस्कले भर्खरै डोज छोडेका छन् र आफ्ना कम्पनीहरूमा पूरै ध्यान केन्द्रित गर्ने बताएका छन्।

ट्रम्पसँगको मस्कको निकटताका कारण टेस्ला कम्पनीलाई धेरै घाटा भएको छ।  टेस्ला बिक्री र सेयरको भाउ घटेपछि
केही समयअघि कार निर्माता टेस्लाले मस्कलाई हटाएर नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) राख्न पहल गरेको केही समय
अघि खुलेको थियो। मस्क सरकारी सेवा प्रभावकारी बनाउन ट्रम्पले खोलेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज)
का प्रमुखका रूपमा काम गर्न धेरै व्यस्त थिए।

मस्कले टेस्लामा पर्याप्त समय नदिएको र उनको ट्रम्प सरकारमा सहभागिताका कारण कम्पनीलाई नोक्सानी भएपछि
रिसाएको टेस्ला बोर्डले मस्कको साटो नयाँ प्रमुख कार्यकारी खोजेको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको थियो।
यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशत घटेको सार्वजनिक भएपछि भने मस्कले अब आफ्नो ध्यान टेस्लामा
बढी केन्द्रित हुने घोषणा गरेका थिए। उनले मे महिनादेखि ट्रम्प सरकारलाई साताको एकदेखि दुई दिन मात्रै समय दिने बताएका थिए।

ट्रम्पलाई राष्ट्रपतीय निर्वाचन जिताउन २५ करोड डलरभन्दा धेरै खर्च गरेका मस्कको ट्रम्पसँगको निकटताका कारण
टेस्लालाई धेरै नोक्सानी भएको छ। यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशत घटेको अप्रिलमा सार्वजनिक भएको थियो।
त्यसको केही घण्टापछि मस्कले अब भने आफ्नो ध्यान टेस्लामा बढी केन्द्रित हुने घोषणा गरेका थिए।अघिल्लो वर्ष पहिलो त्रैमासमा
टेस्लाको नाफा १ अर्ब ४० करोड डलर थियो।  यो वर्ष पहिलो त्रैमासमा ४० करोड ९० लाख डलर मात्रै कमाएको छ।
यसरी बिक्रीमा भारी गिरावट आएकाले कम्पनी सम्हालेर स्थिति सुधार्न र लगानीकर्तालाई विश्वास दिलाउन मस्कले सो घोषणा गरेको मानिन्छ।

गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर र मस्कको व्यक्तिगत सम्पत्ति दुबै ह्वात्तै बढेको थियो।
ट्रम्पसँगको निकटताका कारण स्वचालित कार बनाउने क्रममा रहेका नियामकीय बाधा कम हुने लगायत अरू
फाइदाका कारण टेस्लाको व्यापार झन् बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस्तो भएन।
ट्रम्पले कार्यभार सम्हालेपछि मस्कले अमेरिकाको संघीय सरकारको शासकीय संरचनामा धावा बोलेका छन्।

त्यस्तै, युरोपेली देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै ट्रम्पजस्तै उग्र दक्षिणपन्थी विचारधारा भएका पार्टीलाई समर्थन गरेका छन्।
त्यसैकारण ट्रम्पको विजयपछि मस्क र टेस्लालाई प्राप्त सबै लाभ गुमेको छ।

यो वर्षको पहिलो तीन महिनामा विश्वभरि नै टेस्लाको बिक्री घटेपछि मस्क चिन्तित भएको देखिन्छ।

टेस्लाको व्यापार उकास्न ट्रम्पले मार्चमा ह्वाइट हाउसमा मस्कको उपस्थितिमै आयोजित एक कार्यक्रममा
रातो ‘एस मोडल’ किनेर विज्ञापन नै गरेका थिए। त्यसका बाबजुद अमेरिकामा टेस्लाको बिक्री बढेन।

हुन त सन् २०२४ मा टेस्लाको बिक्री इतिहासमा पहिलो पटक घटेको थियो। तर मार्च महिनासम्म पनि टेस्लाले
आफ्नो बिक्री यो वर्ष फेरि बढ्ने दाबी गरिरहेको थियो। तर आम्दानी विवरण सार्वजनिक गर्दा भने
कम्पनीले यो वर्ष बिक्री बढ्ने दाबी गरेन। विश्व व्यापारको स्थिति धेरै अनिश्चित रहेको भन्दै बिक्रीको भविष्यवाणी नै गरेन।

यसरी टेस्लाले सन् २०३० सम्म वार्षिक दुई करोड वटा कार उत्पादन गर्ने लक्ष्य पनि त्यागेको देखिन्छ।
यसले पनि मस्कले किन चिन्ता गर्नुपर्छ भन्ने देखाउँछ।
टेस्ला कम्पनीले आधिकारिक रूपमै राजनीतिक कारणले आर्थिक नोक्सानी भएको स्वीकार समेत गरेको थियो।

यस्तोमा बजेट विधेयकले ट्रम्पको चुनाव अघिको सरकारी खर्च कटाउने वाचा मात्रै नतोडेर टेस्लालाई नै पनि थप घाटा हुने
भएकाले मस्कले यसको विरोध गरेको देखिन्छ।

प्रकाशित समय: बुधबार २२ जेठ, २०८२, २०:३४:३७
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०