कर्णालीको नीति, कार्यक्रम प्रदेशसभामा पेश, अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगीलाई सहायता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ जेठ, २०८२
१ वर्षअघि

कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले आर्थिक वर्ष २०८२-०८३ को नीति कार्यक्रम पेश गर्दै अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगीलाई सहायता दिने कार्यक्रम समेटिएको बताए ।

प्रदेश अस्पताल स्तरोन्नति सम्बन्धमा अध्ययन गर्ने उच्चस्तरीय अध्ययन समितिको प्रतिवेदन बमोजिम प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने र सुर्खेत मेडिकल कलेज स्थापना गर्न सङ्घीय सरकारसँग पहल गरिने मियाँले बताए ।

Advertisement

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यलाई निरन्तरता दिइनेछ । सङ्घीय सरकारको समन्वयमा प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण तथा क्यान्सरको किमोथेरापी र जलन उपचार युनिट स्थापना गरिनेछ,’ उनले भने, ‘स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनको लागि जनशक्ति, भौतिक पूर्वाधार, औषधी र उपकरणको सुनिश्चितता गरिनेछ । सार्वजनिक बिदाको दिन पनि कर्णाली प्रदेश अस्पतालबाट ओपिडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।’

तहगत सरकार र अस्पताल विकास समितिको सहकार्य र समन्वयमा सञ्चालनमा रहेका अस्पतालहरूको स्तरवृद्धि गरिनेछ र प्रदेश अस्पताल सुर्खेतमा छुट्टै ओपिडी ब्लक निर्माण गरिनेछ मियाँले बताए ।

‘सङ्घीय निर्वाचन क्षेत्र, भूगोल, जनसङ्ख्या र रोगको भारको आधारमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझेदारीमा रणनीतिक अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ,’ उनले भने, ‘जिल्लास्थित अस्पतालमा गुणस्तरीय विशेषज्ञ सेवाको सुनिश्चितता गरिनेछ ।’

कर्णाली प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन अभियान सञ्चालन गरिने र । एकीकृत विद्यालय स्वास्थ्य कार्यक्रम लागू गरिने मियाँले बताए ।

‘स्वास्थ्य सेवाको पहुँच बाहिरका नागरिकलाई समेट्ने गरी स्वास्थ्य नमूना स्थानीय तह अवधारणा अनुसार सर्वव्यापी पहुँचवृद्धि गरिनेछ,’ उनले भने, ‘प्रदेश अन्तर्गतका अस्पतालहरूमा “पेन क्लिनिक’’ सञ्चालन गरिनेछ ।’

प्राकृतिक उपचार पद्धतिको विकास तथा प्रवर्द्धन गर्न आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ ।आयुर्वेद तथा प्राकृतिक चिकित्सा विधिको थप सुदृढीकरण गरिनेछ र पथ्यआहार, स्वस्थ जीवनशैली र भान्सा घर औषधालय कार्यक्रम लागू गरिने मियाँले बताए ।

‘मातृ तथा बाल स्वास्थ्य र नसर्ने रोगलाई प्राथमिकता दिई अनुसन्धान कार्य गरिनेछ । घुम्ती नागरिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चाालन गरिनेछ । महिला स्वास्थ्य स्वयंमसेविकाहरूको क्षमता विकास, प्रोत्साहन, स्वास्थ्य उपचारमा विशेष व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर, पार्किन्सन, एनिमिया, रिकेट्स, सिकलसेलएनिमिया, इस्पाइनल इन्जुरी र अटिजम जस्ता दीर्घ रोगबाट पीडित बिरामीको उपचारमा सहायता प्रदान गरिनेछ ।’

मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य अवस्थाको शीघ्र पहिचान, व्यवस्थापन र पुनर्स्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ  र सामुदायिक स्वास्थ्य इकाई र एम्बुलेन्स सेवा सञ्चाचलन सहयोगलाई निरन्तरता दिइनेछ । इ–हेल्थ र दुर चिकित्सा सेवालाई थप सुदृढीकरण गरिने मियाँले बताए ।

‘आयुर्वेद अस्पताल तथा स्वास्थ्य केन्द्रको न्यूनतम आवश्यक भौतिक संरचना निर्माण गरिनेछ,’ उनले भने,‘प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको आयुर्वेद अनुसन्धान इकाईलाई स्तरोन्नति गरी छुट्टै आयुर्वेदिक औषधी उत्पादन केन्द्रको विकास गरिनेछ ।’

होमोप्याथिक, आम्ची, प्राकृतिक, अकुपञ्च्रजस्ता वैकल्पिक चिकित्सा सेवालाई नागरिकको जीवनशैलीसँग आबद्ध गर्न आवश्यक कार्यक्रम सञ्चाालन गरिने मियाँले बताए ।

आध्यात्मिक संस्थाहरूको समन्वयमा स्वजागरणर योग ध्यान लगायत आध्यात्मिक क्रियाकलापलाई विस्तार गर्न जिल्लास्तरसम्म योग प्रशिक्षकको व्यवस्था गरिनेछ,’ उनले भने,‘प्रतिरोधात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक विधि अपनाई सक्षम स्वास्थ्य प्रणालीको विकास गरिनेछ ।’

जनस्वास्थ्य प्रयोगशालालाई थप सुदृढीकरण गरिने, विश्वलविद्यालय तथा अनुसन्धानमा क्रियाशील स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य अनुसन्धान कार्य अघि बढाइनेछ र हालसम्म भएका स्वास्थ्य सम्बन्धी अनुसन्धानहरूको डिजिटलअभिलेखीकरण गरिने मियाँले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान

आईतबार २३ कार्तिक, २०८३
४ दिनअघि
अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो
मङ्गलबार २५ कार्तिक, २०८३
चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर
मङ्गलबार २५ कार्तिक, २०८३
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी
सोमबार २४ कार्तिक, २०८३
चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ
सोमबार २४ कार्तिक, २०८३
ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा
सोमबार २४ कार्तिक, २०८३
गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा
सोमबार २४ कार्तिक, २०८३
कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान
आईतबार २३ कार्तिक, २०८३
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा
आईतबार २३ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०