राजावादी प्रदर्शन नियन्त्रणको क्रममा मानवअधिकारको ख्याल गरियोस् : एआईजी तामाङ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ जेठ, २०८२
१ वर्षअघि

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।

काठमाडौंमा राजावादी प्रदर्शनको अघिल्लो दिन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिँदै एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न निर्देशन दिएका हुन् ।

Advertisement

उनले सामूहिक भावनाले भीड नियन्त्रणमा खटिन पनि निर्देशन दिएका छन् । एआईजी तामाङले काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध प्रदर्शन गर्न पनि भनेका छन् । साथै, उच्च मनोबलका साथ पूर्ण व्यावसायिक तवरले कार्य गर्न उनले निर्देशन दिएका छन् ।

बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न उपस्थित अधिकृतहरूलाई निर्देशन दिएको बताइएको छ । कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०