सिप उत्सव २०८२ : फाइनल चरणको प्रतिस्पर्धा आज

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जारी सीप उत्सव २०८२ अन्तर्गत आज फाइनल चरणको प्रतिस्पर्धा हुँदै छ ।

उद्योग संगठन मोरङको सभाहलमा जारी पहिलो संस्करणको सीप उत्सवअन्तर्गत आज अन्तिम चरणको प्रतिस्पर्धा हुन लागेको हो ।

Advertisement

आज सूचना प्रविधि, होटल म्यानेजमेन्ट र अटो मोबाइल विधामा उत्कृष्ट भएका प्रतिस्पर्धीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

उद्योग संगठन मोरङ, इन्स्योर र हेल्भेटास नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास मन्त्रालयको समनव्यमा भइरहेको सिप उत्सवको पहिलो दिन शनिबार (हिजो) प्रत्यक्ष तालिम र करिअर काउन्सिलिङ भएको थियो ।

सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यता र उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको अध्यक्षतामा भएको उत्सवको पहिलो दिन विभिन्न स्कुलका विद्यार्थीहरूले पेशाकर्मी एवम उद्यमीमार्फत वृत्ति विकास परामर्श पाएका थिए ।

लक्ष्मी घिमिरे, रवि गुप्ता, प्रदीप निरौला, सुजित झा, नविन झुनझुनवाला, राक्तिम जोशी, पवन साह, नारायण लामिछाने, रविन्द्रबहादुर सिंह, सञ्जयकुमार श्रेष्ठ र किरण ब्यासलगायत उद्यमी तथा पेशाकर्मीले विद्यार्थीहरूलाई वृत्ति परामर्श गराएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री राईले निजी क्षेत्रसँग सहकार्य गरेर आयोजना गरिएको सिप उत्सवले औद्योगिक प्रशिक्षार्थी र रोजगारदाताबीच पुलको काम गर्नेमा आफू विश्वस्त रहेको सुनाए ।

वैशाख २२ देखि ३० गतेसम्म सीप उत्सवको अडिसन राउन्ड भएको थियो ।

प्रदेशका सात प्राविधिक शिक्षालयहरूमा अध्ययनरत सयभन्दा बढी प्रशिक्षार्थीबीच तीन विधामा भएको स्पर्धाबाट १६ जना छानिएका थिए ।
इटहरीको नरबहादुर बहुप्राविधिक शिक्षालय, बूढीगंगाको मनमोहन स्मृति पोलिटेक्निक, जहदाको शैलजा आचार्य स्मृति पोलिटेक्निक, कन्काईको कन्काई पोलिटेक्निक, दमकको पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठान, विराटनगरको आदर्श माध्यमिक विद्यालय र बिर्तामोडको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानमा सीप प्रतिस्पर्धा र सीप प्रदर्शनी भएको थियो ।

कम्प्युटर असोसियसन अफ नेपाल महासंघ (क्यान) मोरङ, होटल म्यानेजमेन्ट असोशसियसन अफ नेपाल (हान), नेसनल अटोमोबाइल डिलर्स असोसियसन अफ नेपाल (नाडा) समेत यस कार्यक्रमको सहयोगी संस्थाका रूपमा रहेका छन् ।
यस सीप उत्सवमा फरक ढंगबाट उद्योग आफैं अग्रसर भइ प्रत्यक्ष रूपमा सीप र वृत्ति परामर्श गरी दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका रहने आयोजक इन्स्योर परियोजनाका घनश्याम लिम्बुको भनाइ छ ।
सीप उत्सवले विद्यार्थीहरूलाई प्राविधिक ज्ञान र सीप प्रदर्शन गर्ने र करिअर निर्माणमा सहयोग पुग्ने लिम्बुले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०