दुर्घटनामा पर्‍यो कोशीका कृषिमन्त्री हाङगाम सवार गाडी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ७ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम सवार गाडी दुर्घटनामा परेको छ ।

हाङगाम सवार प्रदेश १–०४–००१ झ ०१०९ नम्बरको गाडीलाई विराटनगरमा सोमबार साँझ ७ः३० बजेतिर सिटी सफारीले ठक्कर दिएको हो ।

विराटनगर-३ कञ्चनबारीमाउत्तरबाट दक्षिणतर्फ आउँदै गरेको हाङगाम सवार गाडीलाई प्रदेश १–०२–००४ ह ५७६७ नम्बरको सिटी सफारीले ठक्कर दिएको हो ।

उनका अनुसार मन्त्री हाङगाम सवार गाडी कञ्चनबारी चोकमा ‘ट्राफिक रेड लाइट’मा रोकिएको थियो । ‘ट्राफिक लाइट’मा रोकिएर रहेको गाडीलाई सफारीले पछाडिबाट ठक्कर दिएको हो ।

सफारीको ठक्करबाट गाडीको पछाडिको ‘लाइट’ फुटेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएन । घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी बरगाछीबाट असई भोलानाथ वाग्ले नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

वाग्ले नेतृत्वको टोलीले सफारी चालक विराटनगर–३ का ४५ वर्षीय गणेश दाहाललाई नियन्त्रणमा लिएको छ । सफारी चालकको लापरबाहीले दुर्घटना भएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार ७ जेठ, २०८२, १२:२१:५१

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
९ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१३ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०