मञ्जु खाँण : अख्तियारको छानबिनमा परेर विमानस्थल भ्रष्टाचारको छानबिन जिम्मा पाइन्

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ६ जेठ, २०८२
१ वर्षअघि

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा परेकी सांसद मञ्जु खाँणलाई भैरहवा विमानस्थल निर्माण अनियमितता अनुसन्धानको जिम्मा दिएको छ ।

पूर्वपर्यटनमन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले आफूमाथि प्रश्न उठेको भन्दै संयोजक पदबाट अलग हुने घोषणा गरेपछि उक्त जिम्मेवारी कांग्रेस सांसद खाँणले पाएकी हुन् ।

आइतबार बसेको बैठकले खाँणलाई संयोजक छान्ने निर्णय गरेको हो ।

लेखा समितिले भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा परेकी सांसदलाई नै भ्रष्टाचारको उजुरी अनुसन्धानको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खाजेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत विरुद्ध ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएपछि उनकी पत्नी मञ्जु पनि अनुसन्धानको दायरामा परेकी थिइन् ।

नक्कली शरणार्थी प्रकरणमा ठगी मुद्दा दायर भएपछि प्रहरीले बालकृष्ण खाँणलगायत अरु आरोपितहरुबारे अनुसन्धान गर्न अख्तियारमा पत्राचार गरेको थियो ।

अख्तियारले २०८० सालको साउन, भदौताका खाँड दम्पत्तिमाथि छानविन अघि बढाएको थियो ।

अख्तियारले थुनामा परेपछि बालकृष्ण र उनकी पत्नी मञ्जुलाई गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानका सिलसिलामा सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो ।

२०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए ।

उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् ।

अख्तियारले खाँण दम्पत्तिमाथि नक्कली शरणार्थी प्रकरण र त्यसबाट रकम आर्जन गरेको अभियोगमा परेको उजुरीका आधारमा सम्पत्तिमाथि अनुसन्धान गरिरहेको थियो ।

त्यतिबेला कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी सांसद खाँडले केही सांसदहरुसँग अघिल्ला वर्षहरुको आम्दानी अभिलेखिकरण गर्ने र त्यसको हिसावकिताववारे चासो राखेकी थिइन् ।

उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाउँबारे समेत सोधपुछ गरेकी थिइन् ।

अख्तियारले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गरेपछि आम्दानीको बैध स्रोत पुष्टि गर्नुपर्ने चुनौती हुन्छ ।

आम्दानीको स्रोत देखाउन नसक्नेमाथि गैरकानूनी आर्जनको अभियोग लाग्छ र भ्रष्टाचारको मुद्दा चल्छ । करिब दुई वर्षअघि अख्तियारले अघि बढाएको अनुसन्धान अहिलेसम्म टुंगिएको छैन ।

नक्कली शरणार्थी मामिलामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणमाथि भ्रष्टाचारको अभियोग आकर्षित हुने प्रमाणहरु सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

खाणमाथि घुसबापत एक करोड २४ लाख ५० हजार रुपैंया नगद लिएको आरोप छ । दावी अनुसार, केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उनले रकम लिएको स्विकारेका थिए ।

दुलाल र भण्डारीले बालकृष्णका साथै उनकी पत्नी मञ्जुको नाम पनि जोडेका थिए ।

प्रहरीले मञ्जुमाथि अनुसन्धान नै नगरी मुद्दा दायर गरेको भनी प्रश्न समेत उठेको थियो । जिल्ला अदालतको थुनछेक बहसमा समेत कानून व्यवसायीहरुले त्यो प्रश्न उठाएका थिए ।

शरणार्थी प्रकरणका आरोपित केशवप्रसाद दुलालबाट बरामद भएको फोनमा खाँण र सचिव टेकनारायण पाठकबीचको संवादमा सचिव टेकनारायण पाण्डेले ‘मन्त्रीज्यूको सामान रेडी भएन ?’ भनी रकम लेनदेनलाई संकेत गरेको सरकारी दावी छ ।

शरणार्थी मामिलामा आरोपितहरु पक्राउ पर्ने र अनुसन्धान अघि बढ्न थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले स्वकीय सचिव नरेन्द्र केसीमार्फत सानु भण्डारीका दाजु राजु भण्डारीलाई एक करोड रुपैंया दिएको र त्यो मध्ये ३० लाख रुपैंया शेर्पाले राजुलाई बुझाएको प्रहरीको दावी थियो ।

त्यो सम्पत्ति छानविनका क्रममा कांग्रेस समानूपातिक सांसद मञ्जु खाँण पनि अनुसन्धानको दायरामा थिइन् ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा परेलगत्तै सोधपुछ र बयानपछि बालकृष्ण खाँण अख्तियार गएका थिए ।

त्यसलगत्तै उनी अख्तियारबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेका थिए ।

विभागले खाँणसहित उनकी पत्नी मञ्जुमाथि पनि अनुसन्धान अघि बढाएको थियो ।

असार, २०८१ मा कांग्रेस–एमालेको सत्ता गठबन्धन बनेपछि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अलपत्रजस्तै छ ।

प्रकाशित समय: सोमबार ६ जेठ, २०८२, ०७:२१:५३

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
९ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१३ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०