गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३० ब‌ैशाख, २०८२
१ वर्षअघि

उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि तीन अर्ब ४२ करोड  लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद जुली कुमारी महतो (महासेठ)ले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिइन् । उनले रासायनिक मल कारखाना स्थापना, रुग्ण र बन्द कारखाना पुनःसञ्चालन र नयाँ कारखाना स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्छ भनिन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको उत्थानका निम्ति ठोस कार्यक्रम नल्याइएकोमा रोष प्रकट गरे। नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर नभएको अनुभूत हुन्छ भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार सुनिश्चित हुनेगरि आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले राज्यको स्रोत साधनमाथि सबै नागरिकको समान पहुँचको प्रत्याभूतिको माग गरे ।

प्रकाशित समय: मङ्गलबार ३० ब‌ैशाख, २०८२, १४:१४:२३

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
१४ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
१५ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
१७ घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
१८ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
१९ घण्टाअघि

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
२१ घण्टाअघि
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०