भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ ब‌ैशाख, २०८२
१ वर्षअघि

आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा सैनिक द्वन्द्वको स्थिति देखिएको छ ।

भारतको कश्मिर क्षेत्रमा २६ जना गैरसैनिक व्यक्तिहरूलाई आतंकवादी शैलीमा हत्या गरेपछि भारतले मिसन सिन्दुर अगाडि बढाएको हो । पाकिस्तानले पनि जवाफी कारबाही गर्ने चेतावनी दिँदै आएकोमा पछिल्ला दिनमा दुई देशका सीमावर्ती क्षेत्रमा सैन्य तनाव बढ्दै गएको समाचार आइरहेका छन् ।

दुई देशबीचको तनावसँगै भारतको शेयर बजार शुक्रबार ओरालो लागेको छ । विगतमा रसिया–युक्रेनबीचको युद्ध सुरु भएसँगै गहुँ, तेललगायत धेरै वस्तुमा प्रभावित भएको थियाे नेपाली बजार । दक्षिण एशियामा सबैभन्दा ठूलो उत्पादनकर्ता र आपूर्तिकर्ताका रूपमा स्थापित हुँदै गएको भारत युद्धमा फस्दै गयो भने नेपालमा कस्तो असर पर्ला ?

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नेपालको वैदेशिक व्यापारलाई हेर्दा भारतबाट मात्रै सो अवधिमा सात खर्ब ८५ अर्ब ७४ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ । सो अवधिमा नेपालले १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

सबैभन्दा ठूलो निर्यात भारतमा नै एक खर्ब ४९ अर्ब ९८ करोड १२ लाख ३७ हजार रुपैयाँ बराबरको भएको छ । जबकि सो अवधिमा नेपालले कुल एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु विश्वका विभिन्न देशमा निर्यात गरेको थियो ।

नेपालको कुल वैदेशिक व्यापारमा भारतसँगको प्रत्यक्ष व्यापारको हिस्सा मात्रै ६० प्रतिशतभन्दा माथि रहेको छ । साथै नेपालमा स्थलगत रूपमा सञ्चालनमा रहेका दुई दर्जन बढी भन्सार नाकामध्ये तातोपानी र रसुवा चीनतर्फ जोडिएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको व्यापार तथ्यांकमा ती नाकाबाट कुल व्यापारको जम्मा ७.३२ प्रतिशत मात्रै आयात भएको छ । त्यस्तै सो अवधिमा रसुवा नाकाबाट कुल निर्यातको ०.९७ प्रतिशत मात्रै निर्यात भएको छ भने तातोपानी नाकाबाट निर्यात शून्य अवस्थामा रहेको छ ।

भन्सार विभागको तथ्यांकले दुई छिमेकी मुलुकबाहेक पनि तेस्रो मुलुकबाट हुने वस्तु आयातको ठूलो हिस्सा भारतीय स्थलमार्गमार्फत् नै हुने गरेको देखाएको छ । तर, विभागको तथ्यांकअनुसार नेपालमा आयात हुने अधिकांश वस्तु विशेषगरी भारतको मध्ये हुँदै पश्चिमी सीमानामा रहेका नाकाबाट आउने गरेका छन् ।

नेपालमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालमा पाकिस्तानबाट जम्मा २५ करोड ४७ लाख ७ हजार रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको थियो भने ६ करोड २२ लाख ९१ हजार रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको थियो । जुन नेपालको कुल वैदेशिक व्यापारमा अत्यन्तै नगन्य हिस्सा हो ।

व्यापार प्रभावको विषयमा के गर्दैछ सरकार ?

संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका सहसचिव शिवराम पोखरेलले मन्त्रालयमा भारत–पाकिस्तान युद्धको कारणले नेपालको वैदेशिक व्यापारमा पर्नसक्ने प्रभावका विषयमा छलफल भएको बताए । उनले प्रारम्भिक अध्ययनले नेपालको बजारमा तत्काल प्रभाव पर्ने अवस्था नदेखिएको समेत बताए ।

सहसचिव पोखरेलकाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा नेपालमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चामल, गहुँलगायतका आधारभूत खाद्यान्नको आयात धेरै भएको र बजारमा प्रशस्त भण्डारको अवस्था छ ।

‘अहिले धनगढी, नेपालगञ्ज नाकाबाट बाहेक अरू आयात हुने पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट हुने गरेको छ । चामल, गहुँ लगायतका आधारभूत वस्तुको आयात अहिलेसम्म गत अघिल्लो वर्षको तुलनामा धेरै भएको र बिक्री पनि नभएको देखिएको छ । त्यसैले तत्काल बजारमा समस्या सिर्जना हुन्छ भन्ने देखिँदैन’, उनले भने ।

सरकारको तर्फबाट मन्त्रालयले बजारमा समस्या हुन नदिनका लागि के गर्न सकिन्छ भनेर छलफल गरेको भन्दै उनले निजी क्षेत्रले पनि आफ्नो ठाउँमा काम गर्ने अवस्था रहेको बताए ।

प्रकाशित समय: शुक्रबार २६ ब‌ैशाख, २०८२, १८:२१:४७

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१२ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१६ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०