पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश दिएको छ । अदालतले सर्वसाधरणको लागि जारी गर्न लागेको साधारण शेयर (आइपीओ) रोक्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश बिहीबार दिएको हो ।
नेपाल धितोपत्र बोर्डले अर्को निर्णय नहुञ्जेल आइपीओको प्रक्रिया रोक्न बिक्री प्रबन्धक आइएमई क्यापिटललाई दिएको आदेशविरुद्ध मिल्स वैशाख ११ गते अदातल गएको थियो ।
रिलायन्सले नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरबार, नेपाल धितोपत्र बोर्ड, बोर्डको संचालक समिति, र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दा उपर गत वैशाख १४ गते न्यायाधीश लालबहादुर कुँवरले कारण देखाऊ आदेश जारी गरेका थिए । वैशाख २४ गते बिहीबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यले रिलायन्सको पक्षमा ‘पत्र कार्यान्वयन नगर्नू नगराउनू’ भन्दै अन्तरिम आदेश जारी गरेका हुन् ।