राजेशको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’को ट्रेलर रिलिजमा विकसित किस्सा !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ ब‌ैशाख, २०८२
१ वर्षअघि

महानायक राजेश हमाल अमेरिकाबाट सिधै काठमाडौंको सुन्धारास्थित एक हलमा पुगे । यो बिहीबार साँझको कुरा हो । उनी त्यसरी हलमा पुग्नुको कारण थियो– उनकाे कमब्याक फिल्म ‘नरसिंहा : अवतार’को ट्रेलर रिलिज ।

अमेरिकामा आयोजित अवार्ड कार्यक्रममा उपस्थिति जनाएर स्वदेश फर्किएका हमाल सिधै हलमा आएको कार्यक्रम सञ्चालक नरेश भट्टराईले जानकारी दिएका थिए । दिवाकर भट्टराई निर्देशित यस फिल्मबाट ९ वर्षपछि हमाल कमब्याक गर्दैछन् । यस फिल्ममा राज कटुवाल, सनिशा भट्टराई र नीति शाह शीर्ष भूमिकामा रहेको बताइएको छ ।

हमाल कमब्याक फिल्मममा पनि एक्सन अवतारमा प्रस्तुत भएका छन् । ट्रेलरले फिल्म एक्सन प्रधान रहेको संकेत गर्छ ।

राजेशको ट्रेडमार्क डाइलग

‘हे’ भन्दा कसको याद आउँछ भन्ने प्रश्नमा प्रायः सबैको जवाफ हुन्छ– राजेश हमाल । राजेशकाे चर्चित डाइलग हो– ‘हे’ । धेरैले त यसलाई उनको ट्रेडमार्क पनि भन्ने गर्छन् ।

फिल्ममा ९ वर्ष देखा नपर्दा पनि राजेशलाई अन्तर्वार्तासमेत ‘हे’ भन्न लगाइन्छ । यो संवाद र राजेश नजिक छन् भन्ने उदाहरण यो पनि हो । ‘कमब्याक’ फिल्म ‘नरसिंहा : अवतार’ मा पनि राजेशको ट्रेडमार्क डाइलग ‘हे’ राखिएको छ । जुन ट्रेलरमा पनि देख्न सकिन्छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा यो संवादको चर्चा नहुने कुरै भएन । राजेशलाई प्रश्न गरियो– ‘हे’ डाइलग तपाईंको रुचिमा राखिएको कि निर्देशकको ?

त्यसपछि राजेशले निर्देशक दिवाकार भट्टराई नै प्रश्न गरे, ‘यो चाहिँ तपाईंकै बढी जोड हो जस्तो छ हैन ?’

निर्देशक भट्टराईले स्वीकार गरे । राजेशले अगाडि भने, ‘मैले चाहिँ यो संवाद बारे सोचेको पनि थिइनँ । उहाँले राखौं भन्नुभयो, मलाई पनि ठीकै लाग्यो । यो छायाङ्कन स्थलमै गरिएको निर्णय हो ।’

३० वर्षपछिको सहकार्य

राजेश र नायक सरोज खनाल समकालीन कलाकार हुन् । उनीहरुले यसअघि चार फिल्ममा सहकार्य गरेका थिए ।

वि.सं २०५१ मा प्रदर्शनमा आएको फिल्म ‘चाहना’ उनीहरूको अन्तिम सहकार्य थियो । ३० वर्षपछि उनीहरूले ‘नरसिंहा : अवतार’ मा सहकार्य गरेका हुन् ।

फिल्ममा सहकार्य नभए पनि राजेश र आफूबीच बर्सेनि भेट भइरहने सरोज बताउँछन् । उनी भन्छन्, ‘हामीले सँगै फिल्म नगरेको मात्रै हो । हाम्रो विभिन्न कार्यक्रम र विदेश भ्रमणमा भेट भइरहन्थ्यो ।’

यही भेटले ३० वर्षपछि एकै फिल्म गर्दा ‘लामो समयपछि सहकार्य’ को महसुस नभएको सरोजले सुनाए ।

३० वर्षपछि सहकार्य गर्दा सरोजले राजेशमा केही फरकपन भने पाएछन् । उनलाई राजेश अझ मिहिनेती बनेको महसुस भएछ । उनले एक किस्सा सुनाए, ‘फिल्ममा राजेशजीको डाइलगमा मेरो रियाक्सन खिच्दा असिस्टेन डाइरेक्टरहरूले संवाद बोल्दा हुन्थ्यो । पहिला त्यसरी नै छायाङ्कन हुन्थ्यो । यो पटक मेरो रियाक्सन खिच्दा असिस्टेन डाइरेक्टरको प्रयोग नगरी आफैँले डाइलग बोल्नुभयो । उहाँ साँच्चै फिल्ममा गम्भीर भएर लाग्नुभएको छ । उहाँ थप मिहिनेत बन्नुभएछ जस्तो लाग्यो ।’

पोस्टरमा ‘अवतार’ हरायो

नाम मिलेको कारण फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वान’ को विवाद अदालतसम्म पुगेको तीन महिना मात्रै पूरा भयो ।

राजेशको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ हो । ‘नरसिंहा’ नामको अर्को पनि फिल्म छ ।

‘नरसिंहा : अवतार’को ट्रेलर सार्वजनिक कार्यक्रममा राखिएको भर्चुअल पोस्टरमा फिल्मको नाम ‘नरसिंहा’ मात्रै लेखिएको थियो । ‘अवतार’ छुटेको थियो । त्यसपछि पत्रकारले प्रश्न गरे– फिल्मको नाम त ‘नरसिंहा : अवतार’ हो, किन नरसिंहा मात्रै लेखियो, अवतार त गायब भयो नि ?

त्यसपछि निर्देशक भट्टराईले गहिरिएर पोस्टर हेरे । ‘अवतार’ नदेखेपछि पत्रकारतर्फ फर्किएर मुसुक्क हाँसे ।

रोचक कुरा त निर्देशक भट्टराईलाई नै पोस्टरमा ‘अवतार’ छुटेको थाहा रहेनछ । तर, सम्बन्धित व्यक्तिहरूसँग फिल्मको नामबारे छलफल भएकाले समस्या नहुने उनले बताए । भने, ‘यो नाममा विवाद हुँदैन । मैले सम्बन्धित व्यक्तिहरूको अनुमतिमा नै नाम लिएको हुँ । म यो विषयमा सचेत नै छु । समस्या नहुने गरी काम गरेको हो ।’

रोमान्टिक राजेश

राजेश बौद्धिक नायकको छवि बनाएका कलाकार हुन् । उनको बौद्धिकता प्रश्नको जवाफ सामना गर्दा झल्किन्छ ।
उनी जस्तो प्रश्न उस्तै उत्तर दिन माहिर मानिन्छन् ।

राजेशले ट्रेलरमा नायिका नीति शाहलाई ‘आई लभ यू’ भन्दै निधारमा चुम्बन गरेको दृश्य छ ।

यो दृश्यलाई उनको वास्तविक जीवनसँग जोडेर एक महिला पत्रकारले प्रश्न सोधिन्, ‘वास्तवमा तपाईंकाे व्यक्तित्व बोल्ड छ, बाघ जस्तो । अनि घरमा श्रीमति मधु भट्टराईसँग कतिको सफ्ट हुनुहुन्छ ?’

यो ठ्ट्यौली प्रश्नलाई राजेशले उस्तै जवाफ फर्काए । भने, ‘घरमा मात्रै किन तपाईं यहाँ अगाडि आउनुहोस् म सफ्ट भइहाल्छु । मेरो सामुन्ने आउनुस् मैनबत्ती पग्लिए जस्तो पग्लिहाल्छु ।’

राजेशको यो ठट्यौली जवाफले हलभरी हाँसो फैलियो । फेरि ती पत्रकारले प्रश्न गरिन्, ‘यो जवाफ मधुजीले सुन्नुभयो भने घरमा पस्न नदिनु होला नि ?’

राजेश प्रश्नसँग किन भाग्थे ? ठट्यौली पारामा हाँस्दै जवाफ दिए, ‘वषौंदेखि गर्दै आएको काममा म चुक्छु होला त ।’

यो प्रश्नोत्तरले हलभरी हाँसो फैलियो । अनि राजेशलाई धेरै हाँसोमजाक धेरै भए जस्तो लागेछ क्यार । ती पत्रकार थप प्रश्न सोध्न खोज्दै थिइन् । राजेशले ‘प्रश्नका लागि धन्यवाद’ भनेर उनलाई रोके ।

प्रकाशित समय: शुक्रबार २६ ब‌ैशाख, २०८२, १६:३५:५६

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१२ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१६ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०