पार्टी एकता घोषणा सभामा पक्राउ परेका रेशम चौधरीलाई कारागारमा बुझाइयो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ ब‌ैशाख, २०८२
१ वर्षअघि

काठमाडौं । सर्वोच्च अदालतको आदेशलगत्तै पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई कारागारमा बुझाइएको छ ।

बिहीबार नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरीलाई कमलादीबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।

टीकापुर घटनापछि पाँच वर्ष सजाय भोगेका चौधरीलाई गणतन्त्र दिवसको दिन गत जेठ १५ गते आममाफी दिइएको थियो ।

सोपछि उनी रिहा भएका थिए । त्यसको विरुद्धमा टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सो रिटमा सुनुवाई हुँदै सर्वोच्चले तत्कालका लागि थुनामा राख्नु भनी आदेश गरेपछि उनलाई पक्राउ गरी डिल्लीबजार लगिएको हो ।

चौधरी संरक्षक रहेको नाउपा र जनमत पार्टीबीच आज पार्टी एकता घोषणा गर्ने तयारी गरिएको थियो ।

चौधरीको पक्राउसँगै एकता घोषणा गर्ने कार्यक्रम बिथोलिएको छ ।

पाँच वर्ष ३ महिना जेल सजाय भुक्तान गरेका चौधरी २०८० जेठ १५ गते आममाफी पाएपछि रिहा भएका थिए ।

२०७२ साल भदौ ७ गते टीकापुर घटना हुँदा नाबालकसहित आठ जनाको ज्यान गएको थियो ।

प्रकाशित समय: बुधबार १७ ब‌ैशाख, २०८२, १५:१०:०९

सम्बन्धित खबर

भारत भ्रमणमा रहेका रवि लामिछानेले गरे विदेशमन्त्री एस जयशंकरसँग भेट
मङ्गलबार १९ जेठ, २०८३
रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता हुने
मङ्गलबार १९ जेठ, २०८३
स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मङ्गलबार १९ जेठ, २०८३
भारतसँगको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने
मङ्गलबार १९ जेठ, २०८३
बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
मङ्गलबार १९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०