सरकारले असार मसान्तभित्र सडक बालबालिकामुक्त नेपाल बनाउने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ ब‌ैशाख, २०८२
१ वर्षअघि

काठमाडौं । सरकारले नेपाललाई असार मसान्तभित्र सडक बालबालिकामुक्त देश बनाउने तीन चरणको ठोस कार्ययोजना सार्वजनिक गरेको छ ।

नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्मको उद्धार विवरण प्रस्तुत गर्दै आगामी असार मसान्तभित्र देशभर सडक बालबालिकालाई पूर्ण रूपमा व्यवस्थापन गर्ने लक्ष्यसहितको तीन तहको कार्ययोजना अघि सारेको हो ।

Advertisement

२०८२ सालको वैशाख मसान्तभित्र प्रत्येक वडा, २०८२ जेठ १५ गतेसम्म प्रत्येक स्थानीय तह र २०८२ जेठ मसान्तसम्म प्रदेशलाई सडक बालबालिका मुक्त घोषणा गर्ने कार्ययोजना छ ।

वि.सं. २०७३ साल वैशाख २७ गतेदेखि २०८१ सालको चैत मसान्तसम्म २ हजार ४८५ जना सडक बालबालिकाको उद्धार गरेर संरक्षण तथा व्यवस्थापन भइसकेको परिषद्को विवरणमा उल्लेख छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्म मात्रै १३६ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।

निरन्तर गरिएको उद्धार, पुनःस्थापना र संरक्षणको कार्यले सडकमा बस्न बाध्य बालबालिकाको संख्या उल्लेखनीय रूपमा घटेको परिषद्को भनाइ छ ।

नेपाल सरकारको मन्त्रिपरिषदले २०८२ सालको असारभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय २०८१ साल असार ३१ गते गरेको थियो ।

सो निर्णय कार्यान्वयन गर्न परिषद्ले सबै निकायलाई परिपत्र गरिसकेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०