काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले प्रहरीलाई फूल दिएका छन् ।
मंगलबार राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमार्फत् दुई जना महिलाले प्रहरीलाई फूल दिएको तस्बिर सार्वजनिक गरेका छन् ।
तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘प्रहरीलाई ढुंगा होइन फूल देऊ । हाम्रो आन्दोलन प्रहरीका विरुद्धमा होइन । हाम्रो आन्दोलन भ्रष्टाचारी देशद्रोहीका विरुद्ध हो ।’