शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ वर्षअघि

काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ ।

देशभरका शिक्षकहरूले संघीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भट्टराईले राजीनामा दिएकी हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उनी सक्रिय रूपमा लागेकी थिइन् ।

लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न उनले सक्रियता बढाएकी थिइन् ।

उनले सोमबार बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव लैजाने तयारी गरेकी थिइन् ।

गत चैत २० गतेदेखि आन्दोलन शुरु गरेका शिक्षकहरूले चैत्र २५ गते देखि शैक्षिक सत्र ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका थिए ।

सरकारले वैशाख १२ गतेदेखि शुरु हुने संसदको बजेट अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिँदै आन्दोलन छोड्न आग्रह गरिरहे पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।

शिक्षकहरूको आन्दोलनको बीचमा शिक्षामन्त्रीले राजीनामा दिएपछि सरकारमाथि झनै दबाब थपिएको छ ।

पछिल्लो समय शिक्षामन्त्री भट्टराईको स्वास्थ्य अवस्था प्रतिकूल थियो ।

उनी २०८१ असार ३१ गते शिक्षामन्त्रीमा नियुक्त हुनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराएकी उनी गत २०७९ को निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०