चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ वर्षअघि

भक्तपुर । भक्तपुरको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान घर भई भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ घर भई भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ बस्ने २७ वर्षीय रोजन थापा रहेका छन् ।

पछिल्लो समय काठमाडौँमा चोरेरै जीविका चलाउने गरी संगठित रूपमै चोरको बिगबिगी बढेसँगै प्रहरीले कडाइ गर्न सुरु गरेको हो ।

मोटरसाइकल, मोबाइल, साइकल लगायतका चाँडो मूल्य पाउने प्रकारका सामग्रीहरू चोर्नेको गिरोह नै रहेको प्रहरीले जनाएको छ ।

यस्ता गिरोहलाई नियन्त्रणमा नलिए समाजलाई दुःख दिने भन्दै कडाइ गरेपछि सोमबार दुई वटा स्कुटरसहित तीन जनालाई पक्राउ गर्न सफल भएको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२ ०३७ प २४०७ रहेको स्कुटर नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२ ०४० प ०५२४ नम्बर राखी काठमाडौँको कागेश्‍वरी नगरपालिका ७ मा चलाई रहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सो स्कुटर सलिना कार्कीको रहेको खुल्न आएको छ ।

सोधपुछको क्रममा सो स्कुटर साजन र दावा मिलेर बिक्री गर्ने योजना बनाएको हुनाले दावालाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दावालाई सोधपुछ गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएपछि रोजनलाई समेत भक्तपुरको मध्यपुर ठिमीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोजनलाई समेत सोधपुछ गर्दा सो स्कुटर भक्तपुरको नलिनचोकका २७ बर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपश्चात् खोजी गर्ने क्रममा उनी बस्दै आएको ठाउँमा बा ६६ प ८७८५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको थियो ।

सो स्कुटर काठमाडौँको सानोगौचरणबाट हराएको भनी विकास लामाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

फरार रहेका सुजनको भने खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित समय: मङ्गलबार ९ ब‌ैशाख, २०८२, ०७:०८:३१

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१४ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१८ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०