इलाम । इलाममा सशस्त्र प्रहरी बल नेपालको गाडीसँग बोलेरो ठोक्किएर दुर्घटना भएको छ ।
इलामको सूर्योदय नगरपालिकास्थित सिद्धिखोला नजिकै शुक्रबार बिहान ९ बजेतिर उक्त दुर्घटना भएको हो ।
फिक्कलबाट श्रीअन्तुतर्फ जाँदै गरेको सशस्त्र प्रहरी बल नेपालको बी एबी ३६२४ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ५४१ को बोलेरो ठोक्किएका हुन् ।
सो दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।