कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्‍यो जुडो खेलाडीको बिदाइ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० चैत, २०८१
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप-२०२५ मा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई बिदाइ गरेको छ ।

विराटनगरस्थित बोर्ड परिसरमा आइतबार एक कार्यक्रम गर्दै बोर्डले राष्ट्रिय जुडो संघको आयोजनामा वैशाख ३ देखि ५ गतेसम्म काठमाण्डौंमा हुने च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरेको हो ।

खेलाडी बिदाइ कार्यक्रममा बोल्दै खेलकुद विकास बोेर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेलाडीहरूलाई च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका निम्ति शुभकामना व्यक्त गरे ।

बस्नेतले राष्ट्रिय स्तरको प्रतियोगिताका विजेताहरूलाई बोर्डले नगदसहित सम्मान गर्ने गरेको स्मरण गर्दै च्याम्पियनसिपका विजेताहरूको समेत बोर्डले उचित मूल्याङ्कन गर्ने बताउनु भएको थियो ।

बस्नेतले हालै सम्पन्न प्रथम कोशी प्रदेश खेलकुद महोत्सव तथा च्यापियनशीप जस्ता प्रतियोगिता दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि महत्वपूर्ण सिकाई हुुने बताउँदै खेलाडीहरूलाई बोर्डको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

बोर्डका कार्यलय प्रमुख कालिदास भट्टराईलाई प्रतियोगितामा विभिन्न वजन समूहको स्पर्धामा कोशी प्रदेशबाट २५ जना खेलाडी र ३ जना प्रशिक्षकको सहभागिता रहने जानकारी दिए ।

प्रकाशित समय: आईतबार ३० चैत, २०८१, १७:५१:३६
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०