शिक्षादीपमा तेस्रो जलवायु सम्मेलन : विद्यार्थीको खोज-अनुसन्धान देखेर मन्त्रीले गरे चर्चा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ चैत, २०८१
२ हप्ताअघि

विराटनगर । विराटनगर महानगरपालिका-९ मेन रोडमा अवस्थित शिक्षादीप कलेजले शुक्रबार एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहिएको वर्तमान सन्दर्भमा कलेजले तेस्रो जलवायु सम्मेलन गरेको हो ।

कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेको उक्त सम्मेलनमा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई आठ समूहमा विभाजन गरिएको थियो ।

उनीहरूले फरक विषयहरूमा खोज-अनुसन्धान गरी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूले मिचाहा प्रजातिका जीवहरूले नेपालको इकोसिष्टम र जनजीवनमा पारेको प्रभाव, विश्वव्यापी तापमान वृद्धि, अम्लीय वर्षा, छिटो परिवर्तन भइरहने फेसन तथा खेरजाने खानेकुरालाई वातावरणीय समस्याको रूपमा व्याख्या गरेर जानकारी दिएका थिए ।

साथै प्लाष्टिक प्रदूषण, ओजोन तह विनाश, जैविक विविधताको क्षयीकरणजस्ता विषयवस्तुसँग सम्बन्धित तथ्यहरू समेटेका थिए ।

सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले सरकारले गर्नुपर्ने खोज-अनुसन्धान विद्यार्थीहरूले गरेर देखाएको बताए ।

उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरूको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीखास मुद्दाहरुको चर्चा गरिन् ।

नेपाल पनि जलवायुको परिवर्तनको चपेटामा परेको धेरै वातावरणीय असन्तुलन जोखिमहरू सहनुपरेको उनले बताइन् ।

यस्तै, वन, पर्यटन तथ वातावरण मन्त्री सदानन्द मण्डलले विद्यार्थीहरूको खोज-अनुसन्धानपछि तयार पारेको प्रतिवेदनको चर्चा गर्दै शिक्षादीप कलेजसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।

सो सम्मेलनमा शिक्षादीप एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुली, वनस्पति विज्ञहरू डा.ललितनारायण मण्डर, सञ्चालक सदस्यहरू अनिलकुमार दास, ललितनारायण मण्डल, मणिराज भट्टराई, बेदप्रसाद दाहाल, भूपेन्द्र दाहाल, थीरप्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।

शिक्षादीप कलेजले दुई वर्षदेखि जलवायु सम्मेलन आयोजना गर्दै आइरहेको र यसलाई निरन्तरता दिँदै लगिने सम्मेलनका कन्भेनर रामचन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित समय: शुक्रबार २८ चैत, २०८१, १९:१६:५४

सम्बन्धित खबर

जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१२ घण्टाअघि

काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१५ घण्टाअघि

शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२१ घण्टाअघि

चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२१ घण्टाअघि

नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

सोमबार ८ ब‌ैशाख, २०८२
१ दिनअघि

पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोल ढल्यो, करेन्ट लागेर चार जनाको मृत्यु

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०