विराटनगरमा पहिलोपटक आयोजित खुल्ला क्यारम बोर्ड प्रतियोगिता जित्दै दलेलीले पायो ८० हजार !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ चैत, २०८१
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक खुल्ला क्यारम बोर्ड प्रतियोगिता भएको छ ।

विराटनगर-४ बुद्धचोकस्थित बुद्धोदय सहकारी संस्थाको हलमा बिहीबार र शुक्रबार गरी दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिता सम्पन्न भएको हो ।

स्वर्गीय सन्तोष श्रेष्ठ र गणेश मल्ल (नैने)को स्मृतिमा बुद्धोदय सामाजिक सेवा मञ्चको आयोजनामा भएको प्रदेशस्तरीय उक्त प्रतियोगितामा झापा, मोरङ र सुनसरीका २४ टोलीको सहभागिता रहेको थियो ।

जसमा झापाको दमकलाई हराउँदै मोरङको दलेलीले उपाधि जित्यो । दमकलाई खेलको अन्तिम बिन्दु निल २३ अंकमा रोक्दै उपाधि जितेको दलेलीले ८० हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पार्‍यो ।

उपविजेतामा सीमित हुँदै दमकले भने ४० हजार नगद र प्रमाणपत्र हात पार्‍यो ।

प्रथम बनेका रोशन लिम्बु र लक्की लामा तथा द्वितीय हुने दिमन लिम्बु र अनमोल मगरलाई आयोजक मञ्चको अभिभावक संस्था बुद्धोदय सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद खनालले पुरस्कार वितरण गरे ।

प्रथम संस्करणको उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूको संख्या र दर्शकको उत्साहजनक उपस्थितिले आफूहरूलाई हौसला प्रदान गरेको उनले बताए ।

प्रतियोगिताको सेमिफाइनलमा दमकले धरानलाई र दलेलीले विराटनगरलाई हराउँदै उपाधिनजिक स्थान पक्का गरेको थियो ।


प्रतियोगितालाई सभ्य, भव्य, मर्यादित र अनुशासित बनाउन प्रत्येक खेलमा दुई-दुई जना रेफ्रीको व्यवस्था गरिएको बुद्धोदय सामाजिक सेवा मञ्चका सचिव यज्ञप्रसाद खतिवडाले जानकारी दिए ।

प्रतियोगिता आयोजना गर्न दुई लाख रुपैयाँ खर्च भएको छ । देश-देशान्तरमा छरिएर रहेका बुद्धोदय सहकारीका शुभचिन्तकहरूको सहयोग रकमबाट उक्त प्रतियोगिता आयोजना गरिएको सचिव खतिवडाको भनाइ छ ।

उनका अनुसार शैलेन्द्र अधिकारीबाट ५० हजार रुपैयाँ र विभिन्न व्यक्तिहरूबाट तथा बुद्धोदय साकोसबाट २० हजार रुपैयाँ संकलन भएको थियो भने प्रत्येक टिमसँग प्रवेश शुल्कका रूपमा ३५ सय लिइएको थियो ।

प्रतियोगिताका संयोजक नवीनकुमार भट्टराईका अनुसार युवाहरूका लागि मनोरञ्जनात्मक कार्यक्रमको रूपमा आयोजित उक्त प्रतियोगिता खेलाडी प्रोत्साहन, खेल पारखीहरूलाई एकताबद्ध गराउन र युवाहरूलाई कुलतमा फस्न नदिनका लागि आयोजना भएको हो ।

प्रतियोगिता आयोजना गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट अनुमति लिइएको थियो ।

सन्तोष दाहाल र दिनेश दाहालले विदेशबाट पठाएको साढे चार लाख रुपैयाँबाट दुई वर्षअघि स्थापित सामाजिक मञ्चले खेलकुद, शिक्षामा लगानी गर्नुका साथै गरिब दु:खीहरूका लागि सहयोगस्वरूप रकम वितरण, वृक्षरोपण गर्नेलगायतका सामाजिक कार्य गर्ने गरेको मञ्चका सदस्य आभास अधिकारीले जनाए ।

अब, आगामी दशैंमा राष्ट्रियस्तरको क्यारम बोर्ड प्रतियोगिता गराउने लक्ष्य आयोजकको छ ।

करिब डेढ सय टिमलाई सहभागी गराएर हुने प्रतियोगितामा पुरस्कार राशि पनि वृद्धि हुने आयोजकको भनाइ छ ।

अर्को प्रतियोगितामा प्रथमलाई दुई लाख ५० हजार र खसी तथा दोस्रो हुनेलाई डेढ लाख र खसी पुरस्कार दिने आयोजकको घोषणा छ ।

प्रकाशित समय: शुक्रबार २८ चैत, २०८१, १९:१२:२७

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१४ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१८ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०