एमाले विराटनगर कमिटी दोस्रो अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ चैत, २०८१
२ हप्ताअघि

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ ।

वैशाख २ र ३ गते विराटनगर स्थित एमाले प्रदेश पार्टी कार्यालयमा सम्पन्न हुने दोस्रो अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भएको हो ।

चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय कमिटीको बैठकको निर्णयअनुसार चैत २८ गते महानगरको १९ वटै वडाबाट र आज जनसंगठनबाट आउने प्रतिनिधिहरूको छनोट सम्पन्न भएको हो ।

महानगर कमिटीका प्रवक्ता एवम् प्रचार उपसमिति संयोजक राम पोखरेलका अनुसार महानगर अधिवेशनका लागि महानगर १९ वटै वडाबाट २२० जना प्रतिनिधि छनोट भएका छन् ।

भूगोलबाट प्रतिनिधि छनोट भएका २२० जना मध्ये खुला क्षेत्र बाट ११५ जना , महिला ६८ जना र युवाबाट ३७ जनाको सहभागिता रहने छ।

त्यस्तै , महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट हुनुभएको हो पोखरेलले जानकारी दिए ।

पोखरेलले क्रियाशील जनसंगठन मध्ये अधिवेशनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउन अखिल नेपाल महिला संघ , नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट ) बाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरेको तथा अन्य जनसंगठनको हकमा पार्टीको निर्णय बमोजिम प्रतिनिधि चयन समेत बताए ।

महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले भूगोलबाट २२० जना , जनसंगठनबाट ७९ र १५ जना मनोनित गरेर अधिवेशनमा ३१४ जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिए ।

कोइरालाले १५ जना प्रतिनिधि मनोनयन गर्दा प्रतिनिधित्व गर्न छुटेको क्षेत्र तथा समुदायका व्यक्तिहरुलाई प्राथिमिकता दिने बताए ।

एमाले कोशी प्रदेश कमिटी सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अधिवेशनको उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने बताए ।

बस्नेतले वैशाख २ गते विराटनगरको रोडशेष क्षेत्रबाट विभिन्न जातीय संस्कृति झल्किने झाँकीसहित र्‍यालीको आयोजनासमेत गरिने बताए ।

चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय बैठकले अधिवेशन सम्पन्न अध्यक्ष रोहित कोइरालाको नेतृत्वमा सबै वडाको वडा अध्यक्ष तथा सचिवको सहभागिता रहने २५१ मुल व्यवस्थापन समिति तथा थप ९ वटा उपसमिति बनाइसकेको छ ।

प्रकाशित समय: शुक्रबार २८ चैत, २०८१, १९:०८:४४

सम्बन्धित खबर

जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१२ घण्टाअघि

काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१५ घण्टाअघि

शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

सोमबार ८ ब‌ैशाख, २०८२
१ दिनअघि

पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोल ढल्यो, करेन्ट लागेर चार जनाको मृत्यु

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०