ग्रामथानमा वडाध्यक्षलाई कार्यवाहक दिने अध्यक्षको निर्णय कार्यान्वयन नगर्न उच्चकाे आदेश

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ चैत, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले आफ्नो अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ ।

गाउँपालिका अध्यक्ष माझी नौ दिने चीन भ्रमणमा जानुअघि सोमबार वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपाध्यक्षलाई यो जिम्मेवारी दिनुपर्नेमा वडाध्यक्षलाई दिएको विषयमा उपाध्यक्ष गुणवतीदेवी थारूले अदालतमा रिट दायर गरेकी थिइन् ।

उच्च अदालतका कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ अनुसार अध्यक्ष सात दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपाध्यक्षलाई कार्यभार दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

“उपाध्यक्ष पदमा बहाल रहिरहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको” भन्दै अदालतले कानूनको उचित प्रयोगको दृष्टिकोणबाट अन्तरिम आदेश दिएको जनाएको छ।

मंसिरको उपनिर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष माझी र उपाध्यक्ष थारूबीच सम्बन्ध राम्रो नरहेको बताइएको छ।

माझीले आफ्नो विदाईमा पनि उपाध्यक्ष नआएको भन्दै वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको उल्लेख गरिएको छ ।

यसअघि पनि कार्यपालिकाको निर्णयविरुद्ध उपाध्यक्ष थारूले उच्च अदालतमा रिट दायर गरेकी थिइन्, जसमा अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

प्रकाशित समय: बिहिबार २७ चैत, २०८१, १८:३५:२९

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१४ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१८ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०