शैक्षिक क्षेत्रको उन्नयनका लागि दुहबी नगरपालिकाले थाल्यो यस्तो अभियान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ चैत, २०८१
२ वर्षअघि

दुहबी । जनकल्याण प्रतिष्ठान द्वारा सन्चालित एकल विद्यालय अभियानको आचार्य वर्ग प्रशिक्षण सोमबारदेखि सुरु भएको छ ।

सुनसरी र मोरङका ५०/५० जना गरी जम्मा १०० जनलाई आचार्य प्रशिक्षण दिइ दीक्षित आचार्यबाट विपन्न तथा गरिब परिवारका नगरबासीलाई घर-घर मै पुगेर शिक्षा दिने उद्देश्यले उक्त प्रशिक्षण सुरु गरिएको हो ।

Advertisement

दुहबी नगर प्रमुख वेदनारायण गच्छादारले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय पचिरामा हिजोदेखि सुरु भएको प्रशिक्षण सात दिनसम्म चल्ने छ । कोशी प्रदेश संयोजक योगमाया न्यौपानेको अगुवाइमा सुनसरी जिल्ला संयोजक आशा माझीले प्रशिक्षणको ब्यवस्थापन गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गच्छादारले विद्यालयको पहुँचभन्दा टाढा रहेका विद्यार्थीहरूलाई विद्यालय आफैं विद्यार्थीको घर पुगेर शिक्षा दिनु शैक्षिक न्याय हो भन्दै यसको थालनी एकल विद्यालय अभियानले गरेको बताए ।

आफूले पढेर आफ्ना लागि आवश्यक सुविधाको खोजी र भोगी हुनुभन्दा आफूले पढेर सिकेको ज्ञानबाट समाजमा विभेदित र पीडितको पक्षमा लगानी गर्नु समाज रूपान्तरण र आर्थिक न्याय हुने बताउँदै उनले जनकल्याण प्रतिष्ठानले एकल विद्यालय अभियानमार्फत सामाजिक न्यायको काम गरेको बताए ।

२०५२ साल मा धादिङको एक गाउँबाट सुरु भएको एकल विद्यालय अभियान हाल देशभर ५६ जिल्लामा २२ सय शाखाहरू सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०