विराटनगर । विराटनगरबाट स्रोत नखुलेको सात लाख १५ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–९ महेन्द्र चोकबाट सोमबार दिउँसो २४ वर्षीय रोहितकुमार साह पक्राउ परेका हुन् ।
उनलाई दिउँसो २ः३० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शरीरबाट बरामद भएको नेपाली रूपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।
विराटनगर–१५ घर भएका साहलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।
बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ ।