विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेको छ ।
विप्लवको महानगर कमिटीले प्रतिगमनविरुद्ध आइतबार विराटनगरको महेन्द्रचोकमा प्रदर्शन गरेको हो ।
राजसंस्था पुनर्स्थापनाका लागि भइरहेको आन्दोलन, मिटरब्याज, लघुवित्तको ज्यादतीलगायत विषयको विरोधस्वरूप विराटनगरमा प्रदर्शन भएको हो ।
विरोध कार्यक्रममा नेकपा विप्लव, मोरङ जिल्ला इन्चार्ज संगीत सी, महिला मोरङ जिल्ला अध्यक्ष रिता सी र महानगर सचिव गंगा सीले मन्तव्य राखेका थिए ।