गोठगाउँ । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मध्याली भन्ने गाउँमा आगलागी हुँदा एक घर जलेको छ ।
मध्यालीमा रहेको स्थानीय धुर्व दाहालको घरमा बिहीबार बेलुका आगलागी भएको हो ।
बाटोछेउमा बालिएको साँझबत्तीबाट आगो सल्किएर भएको आगलागीबाट दाहालको घर जलेको हो ।
सुन्दरहरैंचा नगरपालिका र छिमेकी पालिकाबाट आएको दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।
आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी छ ।