नेकपा एमाले विराटनगरको अधिवेशन बैशाख पहिलो साता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० चैत, २०८१
१ वर्षअघि

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन बैशाख २ र ३ गते हुने भएको छ ।

अधिवेशन सञ्चालनका लागि आज बसेको महानगर कमिटी सचिवालय बैठकले ९ वटा समिति बनाएको छ ।

समितिले अधिवेशन सम्पन गर्न सहजिकरण गर्नेछ ।

अधिवेशनका लागि चैत २८ गते एकैदिन एकै समयमा भूगोलबाट प्रतिनिधि छनोट गरिनेछ ।

बैठकले जनसंगठनहरुको प्रतिनिधि चैत २९ गते छनोट गर्ने गर्ने महानगरका सचिव बलराम गिरीले बताए ।

अधिवेशन सञ्चालनका लागि महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

नगर सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ ।

मनोजविक्रम साह संयोजक र सहसंयोजकमा सीएम श्रेष्ठ रहेको आर्थिक उपसमिति गठन भएको छ ।

प्रकाश पोखरेलको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठन गरिएको छ ।

राजनितिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक अध्यक्ष कोइराला र अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष सुनिता श्रेष्ठ छिन् ।

सचिवालय सदस्य राम पाण्डेको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन भएको छ ।

खाद्यान्न तथा आवास उपसमितिको संयोजकमा भोला बराल छन् ।

बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महानगरको सिंगो टिमलाई नै विभिन्न जिम्मेवारीका साथ परिचालन गरिएको जानकारी दिए ।

महानगर अधिवेशनमा भूगोलबाट हरेक १५ जना संगठित सदस्य बराबर १ जना हुनेगरी प्रतिनिधि चयन हुनेछन् ।

३ जना प्रतिनिधि बराबर एक जना महिला अनिवार्य गरिएको छ ।

कुल प्रतिनिधिको २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सीमान्तकृत, दलित, मुस्लिम, अल्पसंख्यक, मारवाडी प्रतिनिधित्व समेत सुनिश्चित गरिएको छ ।

सचिवालय बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगरका इन्चार्ज पर्शुराम बस्नेतले नेकपा एमालेलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।

पार्टी भित्र कुनै गुट नरहेको बताउँदै उनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

‘नेकपा एमालेको लोकप्रियताबाट छटपटिएकाहरुले पार्टी र नेताहरुमाथि प्रहार गर्ने गरिरहेका छन्,’ उनले भने,‘त्यसको हामी सबैले एकमतका साथ प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’

नेकपा एमाले मोरङका सचिव सोमराज थापाले महानगरको दोस्रो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिने विश्वास व्यक्त गरे ।

एमाले नेतृ तथा विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले पार्टीलाई अघि बढाउनुपर्ने बताइन् ।

प्रकाशित समय: बिहिबार २० चैत, २०८१, २०:१९:०७

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१५ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१९ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०