नेकपा एमाले विराटनगरको अधिवेशन बैशाख पहिलो साता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० चैत, २०८१
३ हप्ताअघि

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन बैशाख २ र ३ गते हुने भएको छ ।

अधिवेशन सञ्चालनका लागि आज बसेको महानगर कमिटी सचिवालय बैठकले ९ वटा समिति बनाएको छ ।

समितिले अधिवेशन सम्पन गर्न सहजिकरण गर्नेछ ।

अधिवेशनका लागि चैत २८ गते एकैदिन एकै समयमा भूगोलबाट प्रतिनिधि छनोट गरिनेछ ।

बैठकले जनसंगठनहरुको प्रतिनिधि चैत २९ गते छनोट गर्ने गर्ने महानगरका सचिव बलराम गिरीले बताए ।

अधिवेशन सञ्चालनका लागि महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

नगर सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ ।

मनोजविक्रम साह संयोजक र सहसंयोजकमा सीएम श्रेष्ठ रहेको आर्थिक उपसमिति गठन भएको छ ।

प्रकाश पोखरेलको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठन गरिएको छ ।

राजनितिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक अध्यक्ष कोइराला र अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष सुनिता श्रेष्ठ छिन् ।

सचिवालय सदस्य राम पाण्डेको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन भएको छ ।

खाद्यान्न तथा आवास उपसमितिको संयोजकमा भोला बराल छन् ।

बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महानगरको सिंगो टिमलाई नै विभिन्न जिम्मेवारीका साथ परिचालन गरिएको जानकारी दिए ।

महानगर अधिवेशनमा भूगोलबाट हरेक १५ जना संगठित सदस्य बराबर १ जना हुनेगरी प्रतिनिधि चयन हुनेछन् ।

३ जना प्रतिनिधि बराबर एक जना महिला अनिवार्य गरिएको छ ।

कुल प्रतिनिधिको २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सीमान्तकृत, दलित, मुस्लिम, अल्पसंख्यक, मारवाडी प्रतिनिधित्व समेत सुनिश्चित गरिएको छ ।

सचिवालय बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगरका इन्चार्ज पर्शुराम बस्नेतले नेकपा एमालेलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।

पार्टी भित्र कुनै गुट नरहेको बताउँदै उनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

‘नेकपा एमालेको लोकप्रियताबाट छटपटिएकाहरुले पार्टी र नेताहरुमाथि प्रहार गर्ने गरिरहेका छन्,’ उनले भने,‘त्यसको हामी सबैले एकमतका साथ प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’

नेकपा एमाले मोरङका सचिव सोमराज थापाले महानगरको दोस्रो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिने विश्वास व्यक्त गरे ।

एमाले नेतृ तथा विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले पार्टीलाई अघि बढाउनुपर्ने बताइन् ।

प्रकाशित समय: बिहिबार २० चैत, २०८१, २०:१९:०७

सम्बन्धित खबर

जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१२ घण्टाअघि

काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१५ घण्टाअघि

शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२१ घण्टाअघि

चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

सोमबार ८ ब‌ैशाख, २०८२
१ दिनअघि

पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोल ढल्यो, करेन्ट लागेर चार जनाको मृत्यु

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०