झापा । झापाको झापा गाउँपालिका-३ को भित्री सडक खण्डस्थित झाँटीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे ४ बजे गुडिरहेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट झर्दा स्थानीय ६० वर्षीय रमेश हस्ता को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हस्ता ट्याक्टरमा लिफ्ट मागेर झाँटीबाट स्थानीय कामाटोली बजारसम्म जान लागेका थिए । तर, बेहोस् भएका गुडिरहेको ट्याक्टरबाट खसेको बताइएको छ ।
हस्दालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्याक्टर चालक तथा ट्याक्टर धनी सोही स्थानका ४८ वर्षीय देवकुमार गणेशलाई नियन्त्रणमा लिएको छ । मृतक हस्ताको शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।