काठमाडौं । सरकारले पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।
गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो ।
उनका अनुसार गृह मन्त्रालयले सो निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने जानकारी दिए ।
त्यसैगरी, गृहमन्त्री रमेश लेखकले मिडियाको सुरक्षामा संवेदनशील हुनसमेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।