विराटनगर । मोरङको विराटनगर महानगरपालिका-९ बसपार्क नजिक रहेको इडेनबर्ग कलेजले डान्सिङ स्टार नामक प्रतियोगिताको आयोजना गरेको छ ।
विराटनगरकै महेन्द्र होटलको सभाहलमा आइतबार कलेजले उक्त नृत्य प्रतियोगिताको अडिसन गरेको थियो । अडिसनमा सहभागी २० जना छात्राहरूमध्येबाट १० जना फाइनलका लागि छनोट भएको इडेनबर्गका क्याम्पस प्रमुख डिके साहले जानकारी दिए ।
विद्यार्थीको प्रतिभा पहिचान एवम् प्रष्फुटनलाई मध्येनजर गरि पहिलोपटक कलेजले आयोजना गरेको डान्सिङ स्टार प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने अध्यक्ष विष्णु दाहालको भनाइ छ ।
इडेनबर्गको बिबिएस पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत छात्राहरूबीच भएको प्रतियोगितामा कलाकार तथा नृत्य निर्देश्क तुलसी घिमिरे र नविना श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि अर्किड कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले छोटो समयमै इडेनबर्गले उल्लेखनीय प्रगति गरेको बताउँदै थप सफलताको शुभकामना व्यक्त गरे ।
डान्सिङ स्टारको फाइनलमा पुगेका छात्राहरूलाई इडेनबर्गको फेसबुक पेजमा गएर भोट दिन सकिने कलेजका फाउन्डर संयोग पोखरेलले जानकारी दिए ।
प्रतियोगिताको अडिसन कार्यक्रममा फाउन्डर संयोग पोखरेल, विष्णु दाहाल, श्रवण थापा, कृष्ण निरौला, जोनसन माझी, शम्भु महतो र शिक्षक सुमित ठाकुर, वासुदेव शर्माको उपस्थिति रहेको थियो ।