काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वार्ताबाट समाधान गर्न सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
दुवै पक्षलाई संयमता अपाउन आग्रह गर्दै उनले सबै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने बताए ।
राप्रपा हिंसाको विपक्षमा रहेको बताउँदै उनले भने, ‘म आजको घटनाप्रति दुःख व्यक्त गर्दछु ।’ दुवै पक्षले वार्ताको माध्यमलाई उपयोग गर्नुपर्ने लिङदेनको सुझाव छ ।