विराटनगर । मोरङको विराटनगर महानगरपालिका-८ मा अवस्थित ग्रेडेड स्कुलले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका विद्यार्थीहरूलाई बिदाइ गरिएको छ ।
विद्यालय परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गर्दै एसइई दिएका कुल ४७ विद्यार्थीहरूलाई बिदाइ गरिएको हो ।
कक्षा ९ का विद्यार्थीहरूले उनीहरूलाई बिदाई गरेका हुन् ।
कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले सम्पूर्ण विद्यार्थीहरूलाई आगामी दिनको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरे ।
उक्त अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुतसमेत गरिएको थियो ।
विद्यार्थीहरूलाई शुभकामना तथा आगामी दिनका चुनौती र त्यसका लागि विद्यालयबाट हुनसक्ने सहयोग निरन्तर जारी रहने विद्यालयका सेकेन्डरी हेड विपिन यादवले जानकारी दिए ।
त्यसैगरी, हाँस्दै खेल्दै गरेका आफ्ना दाजु दिदीहरूको बिदाइले नराम्रो लागेको बताउँदै कक्षा ९ कि छात्रा रोशनी साहले पढाइका क्रममा उच्च शिक्षाका लागि विद्यालय छाडी गए पनि सम्झना र माया सदैव रहने सुनाइन् ।
कक्षा १० को तर्फबाट थापा र हेमन्त यादवले आफ्ना अनुभव र आफ्ना मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको समापन गरेका थिए ।