विराटनगरको शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीलाई बिदाइ गर्दै बाँड्यो ७० लाखको छात्रवृत्ति

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ चैत, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-९ स्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।

स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गर्दै विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले बिदाइ गरेको हो ।

कोशी प्रदेशसभा सदस्य तथा कलेजका अध्यक्ष भीम पराजुली र प्रिन्सिपल ज्ञानबहादुर खड्काले १६औं ब्याचका विज्ञान र १७ औं ब्याचका व्यवस्थापन संकायका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरे ।

एक हजार एक सय ३५ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको प्रिन्सिपल खड्काको भनाइ छ ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफलताको शुभकामना दिए ।

‘विद्यालयमा सिकेको ज्ञान व्यवहारमा उतारेर विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु,’ प्रिन्सिपल खड्काले भने, ‘आगामी दिनको सफलताको विद्यार्थीहरूलाई शुभकामना पनि दिन चाहन्छु ।’

कार्यक्रममा व्यवसंस्थाप संकायका को–अडिनेटर शंकर भट्टराई, निर्देशक शैलेन्द्र शिवाकोटी, रमेशकुमार मण्डल, राजेन्द्रप्रसाद यादव, डा. विमल श्रीवास्तव र ललित नारायण मन्दर, रामचन्द्र पौडेललगायतले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले आत्मविश्वासका साथ परीक्षा दिएमा सधैँ उत्कृष्ट नतिजा आउने बताए । पछि जुनसुकै समयमा विद्यार्थीलाई कलेजले अध्ययनलगायत हरेक कुरामा सहयोग गर्ने पराजुलीको प्रतिबद्धता छ ।

सोही अवसरमा कलेजले लिएको आन्तरिक तथा हिसान परीक्षामा ६० प्रतिशतभन्दा माथि ल्याउने विद्यार्थीलाई करिब ७० लाख बराबर नगद पुरस्कृतसमेत गरिएको थियो ।

प्रकाशित समय: शुक्रबार १४ चैत, २०८१, १८:०१:०५

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०