धरानमा ८९ लाख लिएर ठेकेदार बेपत्ता हुँदा चार वर्षदेखि पुल अलपत्र, ठेक्का तोड्ने मन्त्रीको चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ चैत, २०८१
२ वर्षअघि

धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल चार वर्षदेखि अलपत्र छ । ८९ लाख लिएर ठेकेदार बेपत्ता हुँदा चार वर्षदेखि पुल अलपत्र बनेको हो ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा एक वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी करोड २१ लख ८६ हजार ८ सय १३ रुपैयाँमा वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो ।

Advertisement

२०७७ साउन १३ गते १ भएको सम्झौताअनुसार ठेकेदार ८९ लाख ५० हजार १ सय ७३ रुपैयाँ रकम भुक्तानी लिएर बेपत्ता भएका छन् । चार वर्ष बित्दासमेत पुल नबन्दा स्थानीयले सास्ती खेप्न बाध्य छन् ।

स्थानीयको विरोधपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उक्त पुलको अवस्थाको अनुगमन गरेका थिए ।

जसक्रममा तत्काल काम सक्न निर्देशन दिने र अटेर गरे ठेक्का तोड्नेसमेत स्थानीयबासीलाई मन्त्री राईले आस्वसन दिए ।

धरान–५ लेदुवा खोलामा बन्दै गरेको १६ मिटरको पुल ५ नं.वडावासीलाई मात्र नभई यो पुलले वडा नं.४ का वडावासीलाई पनि जोड्ने गर्दछ ।

उक्त पुल नबनेको कारण स्वास्थ्य, शिक्षा, कृषि लगायतमा ४ र ५ कै स्थानीयबासीहरूले सास्ती खेप्नु परेको वडाध्यक्ष मनप्रसाद लिम्बुले बताए ।

यहाँका कतिपय स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा वडाको कामलगायतमा बर्खा याममा जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता रहेकोले यो पुलबाट स्थानीयवासीले धेरै आशा राखेको भए पनि समयमा ठेकेदारले काम नसक्दा झनै समस्या भएको वडाध्यक्ष लिम्बुले बताए ।

पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ यता वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीका ठेकेदार पशुपति बरालले चाँडै सुरु गर्ने जनाएको छ ।

उक्त खोलाका कारण धरान–५ को जरेआहाल, मुक्तिला, निशान डाँडाका स्थानीयहरूले उत्पादन गरेको सागसब्जी, दूध लगायत धरान बजारसम्म ल्याउन नसक्ने स्थानीय राज कुमार राईले बताए ।

यस खोलाको असर धरान–४ का केही क्षेत्रका बासिन्दाहरूमा परे पनि प्रत्यक्ष मार भने धरान–५ का बासीहरूलाई पर्ने गरेको छ ।

विद्यालय जाने विद्यार्थीहरू, दुखविमार हुँदा अस्पताल लैजाँदा समेत ज्यानै जोखिममा राखेर खोला तार्नुपर्ने बाध्यता समेत रहेको स्थानीयवासी नर बहादुर मगरले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०