विराटनगरको बिएसएन स्कुलमा बेकरी तालिम, एसइई दिएकालाई खुसीको खबर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ चैत, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरस्थित बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टले विद्यार्थीहरूका लागि १० दिने बेकरी तालिम सुरु गरेको छ ।

यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको स्कुलले कक्षा ११ का विद्यार्थीहरूका लागि निःशुल्क रूपमा बेकरी तालिमको आयोजना गरेको हो ।

शैक्षिक क्यालेन्डरअनुसार स्नातक तहमा मात्रै बेकरीको अध्ययन र प्रयोगात्मक पाक कला हुने भएपनि विद्यार्थीको दक्षता र समयानुकुल क्षमता अभिवृद्धिका लागि निःशुःल्क रूपमा बेकरी तालिम आयोजना गरिएको बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टका प्रबन्ध निर्देशक मनोज राजवंशीले जानकारी दिए ।

आफूहरूले विद्यार्थीहरुको विकासका लागि अभिभावसँग जनाएको प्रतिबद्धता र घरमै केकलगायतका बेकरी बनाएर खान सकियोस् भनेर ११ कै विद्यार्थीहरूलाई बेकरी तालिम दिइएको उनले बताए ।

राजवंशीले एसइई दिएर बसेका विद्यार्थीहरूका लागि पनि चाडै १० दिने निःशुल्क बेकरी तालिम सुरु गर्नेसमेत बताएका छन् ।

एसइईपछि होटल म्यानेजमेन्ट अध्ययनप्रति चासो राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी कोर्स सुरु गर्न लागिएको उनले बताएका छन् ।

यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी विराटनगरमा एक्सक्लुसिभ बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना भएको राजवंशीले बताएका छन् ।

अहिले बिएसएनको पहिलो ब्याचमा पाँच दर्जन भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

प्रकाशित समय: बिहिबार १३ चैत, २०८१, ०७:४९:२५
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०