फेसबुकमा प्रशंसा नगरेको भन्दै ‘छोटेराजा’ ले सरुवा गरिदिए शिक्षकलाई

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ चैत, २०८१
२ वर्षअघि

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाएको छ ।

नगरप्रमुख गाउँमा हिँड्दा, विद्यालयमा जाँदा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगरेको भन्दै शिक्षक बराललाई सरुवा गरेको पाइएको हो ।

Advertisement

शिक्षक बरालले आफूहरूले व्यक्तिगत प्रशंसा गर्न नसकेको र त्यसैका आधारमा दैनिक धम्क्याउने मात्र होइन, शिक्षा समितिको निर्णयविपरीत सरुवा गर्ने गरेकोप्रति आपत्ति जनाए ।

शिक्षक बरालसहित खेमराज न्यौपानेलाई पनि नगरप्रमुख शाहीले सरुवा गरेका हुन् ।

शिक्षा समितिको बैठकमा व्यक्तिगत आग्रह पूर्वाग्रहले विद्यालयमा राम्रो गरिरहेका शिक्षकद्वय बराल र न्यौपानेलाई नगरप्रमुख शाहीले शाखालाई तुरुन्त सरुवा गर्न निर्देशन दिएका हुन् ।

शिक्षकले पाउने सेवाबाट दुई हजारदेखि सात हजार रुपैयाँसम्म तलब कटौती गर्नेदेखि माओवादी आस्थाभन्दा फरक आस्था राख्ने शिक्षकमाथि अन्याय भइरहेको अन्य कर्मचारी बताउँछन् ।

शिक्षक बराललाई यसअघि मोतीराम माध्यमिक विद्यालयको प्रअबाट सरुवा गरेर उक्त ठाउँमा माओवादी आस्थावान् अमरनाथ योगीलाई प्रअको जिम्मेवारी दिइएको थियो ।

कालाशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक आशा केसी धमलालाई हटाइएको छ ।

बडीमालिका माध्यमिक विद्यालयलाई जिल्लाकै नमुना बनाउने प्रअ पुष्पराज बराललाई समेत सरुवा गर्ने नगरप्रमुखको योजना थियो ।

उनलाई सरुवा गरेर अरूलाई ल्याउँदा विद्यालयका सबै उपलब्धि गुम्ने भनी उनकै पार्टी माओवादीका नेताले सुझाव दिएपछि बराललाई यथावत् राखिएको जनाइएको छ ।

शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँ शिक्षा समितिलाई सरुवाको अधिकार दिएको छैन ।

अति आवश्यक परेमा सिफारिस गर्ने मात्र अधिकार छ तर अन्तिम निर्णय दिने अधिकार प्रदेशका शिक्षा विकास निर्देशनालय तथा शिक्षा समन्वय एकाइको हो ।

रास्कोट नगरपालिकाका प्रमुख शाहीले यसअघि पनि शिक्षकलाई जथाभाबी सरुवा गर्दै आफ्नो पार्टीमा आस्था राख्ने सबै शिक्षकलाई जिम्मेवारी दिए ।

नगरप्रमुख शाहीको निर्देशनमा गरिएको समितिको निर्णयविरुद्ध उच्च अदालतमा मुद्दासमेत परेको छ ।

तर मुद्दा अगाडि नबढाउन निवेदक पक्षलाई सहमति गर्ने आश्वासन दिए पनि सरुवा बदर गर्न भने नगरप्रमुख शाहीले मानेनन् ।

शिक्षक सरुवा गर्दा करारलाई मात्र गर्ने अधिकार गाउँ शिक्षा समिति अर्थात् नगर शिक्षाको हो तर रास्कोटमा मनलाग्दी चलिरहेको छ ।

यता शिक्षा शाखा प्रमुख खेमराज शाहीले आफूलाई सरुवा गर्ने निर्देशन आएकाले गरेको र किन के कारण भन्ने कुरा नगरप्रमुखलाई नै जानकारी हुने बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०