मन्दिर जाने पैदलयात्रुसँग पनि असुल्न थालियो ‘ट्याक्स’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ चैत, २०८१
२ वर्षअघि

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सिमानामा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग चन्द्रागिरि हिल्सले ट्याक्स असुली गर्दै आएको छ ।

राष्ट्रिय वनभित्र रहेको पैदलमार्गमा चन्द्रागिरि हिल्सले यात्रीसँग प्रतिव्यक्ति एक सय रुपियाँका दरले रकम असुली गर्दै आएको हो ।

Advertisement

मकवानपुर, चित्लाङको वनक्षेत्रमा पर्ने धार्मिक र ऐतिहासिक मन्दिरमा पुग्ने पैदलयात्रीसँग प्रवेश पासबापत रकम असुली गरिँदै आएको छ ।

यहाँको पैदलमार्ग हुँदै आवतजावत गर्ने यात्रीले गरेको फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि भन्दै राष्ट्रिय वनको बिचमा चेक पोस्ट राखेर पैसा असुली गर्ने गरिएको हो ।

मकवानपुरको थाहा नगरपालिका–९ का वडाध्यक्ष राजकुमार बलामीले चन्द्रागिरि हिल्सले वनभित्र रोकेर पैदलयात्रीसँग पैसा असुल्ने कार्य गलत भएको बताए ।

यसअघि पनि पैसा असुलेको थाहा भएपछि रोकिएको थियो, अहिले फेरि पैसा असुल्नु गलत रहेको उनको भनाइ छ ।

त्यस्तै चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं ४ नं. वडाध्यक्ष कृष्णप्रसाद खड्गीले वनभित्र पैसा असुल्न नपाइने बताए ।

मन्दिर जाने ठाउँमा रोकेर पैसा असुल्नु गलत भएको उनले स्पष्ट पारे ।

थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दु धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेका छन् ।

चन्द्रागिरिबाट काठमाडौँ उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको ऐतिहासिक सन्दर्भ पनि छ ।

काठमाडौँ उपत्यकामा चढाइँ गर्नुअघि पृथ्वीनारायणले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०