विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा आइतबार स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका–१ कमलपोखरीस्थित भित्री सडकखण्डमा आज साँझ ५ बजेतिर उक्त दुर्घटना भएको हो ।
प्याराडाइज बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेकी अन्दाजी नौ वर्षीया सञ्जु परियार गम्भीर घाइते भएकी थिइन् ।
केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले विपरीत दिशाबाट साइकलमा आउँदै गरेकी बालिकालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टर लगिएको थियो ।
तर, अस्पताल पुर्याउनासाथ साँझ ६ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीले बस चालक सुनवर्षी-१ शुक्रबारेका अन्दाजी ३६ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरेको छ ।