कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको दुरुपयोग र बेथितिको आरोप

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ चैत, २०८१
१ वर्षअघि

विराटनगर । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको चरम दुरुपयोग र संस्थागत बेथितिको आरोप लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्वसदस्य सचिवसमेत रहेका लामाले आफ्नो पदीय जिम्मेवारी ठिकसँग निर्वाह नगर्दा कराते महासंघमा गम्भीर अव्यवस्था सिर्जना भएको खेल क्षेत्रका सरोकारवालाहरूको आरोप छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको महासंघको आधिकारिक पत्रले पनि लामाको भूमिकामाथि प्रश्न उठाएको छ ।

उक्त पत्रमा महासचिव दावा गुरुङको विधान संशोधन समितिमा अध्यक्ष लामालाई नै नियुक्त गरिएको उल्लेख छ ।

तर, नीति अनुरूप कुनै पनि संस्थामा कनिष्ठ पदाधिकारीले वरिष्ठ पदाधिकारीलाई नियुक्त गर्न नमिल्ने प्रावधान रहेकोले यो निर्णय प्रक्रियामाथि गम्भीर आशंका गरिएको छ ।

ओलम्पिक निर्वाचन र विगतका विवादहरू

अध्यक्ष लामाले नेपाल ओलम्पिक कमिटीको निर्वाचन प्रक्रियामा अप्रत्यक्ष रूपमा हस्तक्षेप गर्दै आएको भन्ने आरोप पनि लागेको छ ।

अदालतका निर्णयहरूलाई सार्वजनिक रूपमा अपहेलना गर्दै आएको आरोप समेत उनको नाममा लागेको छ ।

राखेपमा सदस्य सचिवको जिम्मेवारी सम्हाल्दा उनले खेलकुद नीतिहरूको पालनामा लापरवाही गरेको, असंवैधानिक निर्णयहरू लिएको, र खेलाडीहरूको हितविपरीत काम गरेको आरोप खेल समुदायबाट पटक–पटक उठ्दै आएको थियो ।

सियोल एसियाली खेलकुदमा नेपालका खेलाडी बिमला तामाङले करातेमा कांस्य पदक जित्दा महासंघको व्यवस्थापन कमजोरी देखिएको र सो घटनालाई लामाको नेतृत्वको गम्भीर त्रुटि मानिएको थियो ।

अन्तराष्ट्रिय गतिविधिमा संलग्नता

अहिले पुनः ओलम्पिक निर्वाचनको सन्दर्भमा युवराज लामाले कुबेतस्थित एसियाली ओलम्पिक बैठकमा प्रभाव पार्न सक्रिय भूमिका खेलेको चर्चा भइरहेको छ ।

खेलकर्मीहरूले उनलाई पर्दा पछाडिबाट चलखेल गर्ने व्यक्ति भनेर व्याख्या गरेका छन् ।

उनको क्रियाकलापप्रति असन्तुष्ट खेल पदाधिकारी तथा खेलाडीहरू उनलाई खेलकुद क्षेत्रमा अस्थिरता ल्याउने ‘खलनायक’का रूपमा चित्रण गरिरहेका छन् ।

यसै क्रममा कोशी प्रदेश र मदेश प्रदेशले लामालाई आफ्नो क्षेत्रभित्र ‘निषेधित’ गर्ने निर्णय लिएको समाचार बाहिर आएको छ ।

यस्ता गतिविधिले नेपाली कराते खेल र समग्र खेल क्षेत्रको विश्वसनीयता संकटमा? पार्ने भन्दै सरोकारवालाहरूले महासंघभित्र व्यापक सुधारको माग गरेका छन् ।

प्रकाशित समय: आईतबार २ चैत, २०८१, १६:०८:२५
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०