विराटनगर । सुनसरीमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-७ का ६५ वर्षीय विष्णुदेव राम रहेका छन् ।
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उलाई शुक्रबार पक्राउ गरेको थियो ।
पीडित बालिकालाई आरोपितले चैत १ गते होलीको दिन बलात्कार गरेको आरोप पीडित पक्षको छ ।
पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरीमा सोही दिन उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सोही दिन पीडित बालिकाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपामा गरिएको छ ।