भिडियो किन खिचेको भन्दै अस्पताल सञ्चालकले गरे पत्रकारमाथि कुटपिट

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ चैत, २०८१
१ वर्षअघि

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालकले आफूमाथि कुटपिट गरेको भन्दै पत्रकारले उजुरी दिएका छन् ।

कोशी-८ का २१ वर्षीय पत्रकार देवराज यादवले अस्पताल सञ्चालकले आफूमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

अस्पताल सञ्चालक हरिनगर गाउँपालिका-५ वसन्तपुरका ३२ वर्षीय सुबोध यादवले शुक्रबार राति अस्पतालमा भिडियो किन खिचेको भन्दै कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।

ज्यान मार्ने धम्की आएकाले सुरक्षाका लागि प्रशासनमा निवेदन दिएको पीडित पत्रकार यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले घटनाका विषयमा जानकारी आएको र घटनाको वास्तविक बुझ्ने र दोषी भए कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

अस्पतालको भिडियो किन खिचिस् ? भन्दै मादक पदार्थ सेवन गरेका अस्पताल सञ्चालक सुबोध यादवले कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।

अस्पतालको भिडियो नखिचेको तर, फेसबुक लाइभमा कुराकानी गरिरहेको अवस्थामा आरोपितले कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।

कुटपिटबाट टाउकोमा चोट लागेका पीडित पत्रकारको भोक्राहा नर्सिङ गाउँपालिका-४ स्थित सप्तकोसी न्यूरो अस्पतालमा उपचार गरिएको छ ।

प्रकाशित समय: आईतबार २ चैत, २०८१, १५:५४:०७

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
४५ minutes

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
५८ minutes

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२० घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२३ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०