मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ चैत, २०८१
२ वर्षअघि

विराटनगर । मोरङ जिल्लाको बूढीगंगा गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बूढीगंगा-३ महालक्ष्मी वायरअगाडि कोशी लोकमार्गमा शनिबार राति करिब १०:४० बजे एम्बुलेन्स दुर्घटना भएको थियो ।

Advertisement

गंगाचोकबाट नेमुवातर्फ आउँदै गरेको ‘मनमाया स्मृति प्रतिष्ठान’को को १ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा एम्बुलेन्सका चालक उदयपुरको पञ्चावती ४ घर भई हाल मोरङको बुढिगंगा गाउँपालिका-२ मा बस्ने २४ वर्षीय आशिष राईको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते राईलाई उपचारका लागि बिराट टिचिङ अस्पताल गंगाचौक लगिएकोमा उपचारकै क्रममा राति ११:०५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।

प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको जनाइएको छ । दुर्घटनापछि एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।

घटनास्थल ट्राफिक प्रहरी पोस्ट नेमुवाबाट तीन किलोमिटर दक्षिणमा पर्दछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०