होलीको दिन कोशी प्रदेशमा १८ वटा दुर्घटना : तीन जनाको मृत्यु, ३० जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा होलीको दिन विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा रङहरूको पर्व होली मनाइरहँदा यी दुर्घटनाहरू भएका हुन् ।

Advertisement

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीका अनुसार होली पर्वको दिन प्रदेशभरि जम्मा १८ वटा दुर्घटना भएका छन् ।

भोजपुर जिल्लाको आमचोक गाउँपालिका-६ थापाचोकस्थित घोडेटार बालंखा कच्ची सडकखण्डमा ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

पुर्णे बजारबाट बासिखोरा तर्फ जाँदै गरेको प्रदेश नं.१-०२-००३ त.१३४३ नम्बरको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

बिहीबार साँझ ४ः४५ बजेतिर भएको उक्त दुर्घटनामा आमचोक गाउँपालिका-७ निवासी अन्दाजी २१/२२ वर्षीय निसान राईको मृत्यु भएको हो ।

ट्याक्टरको ट्रलीबाट अचानक लड्दा ट्याक्टरको पछाडिको चक्काले किचेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-७ निवासी २५ वर्षीय ओङ्दि शेर्पा इलाका प्रहरी कार्यालय बोयाङको नियन्त्रणमा रहेका छन् ।

यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका-८ स्थित सरस्वती पुलनजिकै मदन भण्डारी लोकमार्गमा रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति ९ः३० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ भान्टावारी निवासी अन्दाजी ३४ वर्षीय भुवन राईको मृत्यु भएको हो ।

गाईघाटबाट चुहाडेतर्फ फर्की रोकिराखेको प्रदेश २-०१-००१त २३०१ नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको बा.६४ प ५१७ नम्बरको १२५ सिसी क्षमताको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा राई गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा चेकजाँच गर्दा उनको मृत्यु भइसकेको अस्पतालका डाक्टरले घोषणा गरेका थिए ।

ट्याक्टर चालक उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-६ निवासी अन्दाजी २८ वर्षीय कुल बहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा लिइएको छ ।

यस्तै, सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित हुलाकी राजमार्गमा भएको ट्याक्टर दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ ।

बिहीबार अन्दाजी १३:०० बजेको समयमा हरिनगर गाउँपालिका-४ कार्यालय अगाडि हुलाकी राजमार्गमा इनरुवाबाट हरिनगरतर्फ आउँदै गरेको प्र २-०१-००१ त २४७१ नम्बरको ट्याक्टरले पैदल यात्री हरिनगर गाउँपालिका-४ निवासी ३५ वर्षीय उमेश महतोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सुनसरी इनरुवा लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो । मृतकको शव थप परीक्षणका लागि घोपा अस्पताल धरान पठाइएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीको नियन्त्रणमा रहेको छ ।

ट्याक्टर चालक सप्तरी जिल्लाको कन्चनपुर नगरपालिका-४ निवासी अन्दाजी ३४ वर्षीय रुपेश सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, सुनसरी जिल्लामा अरू आठ वटा दुर्घटना भएका छन् भने मोरङमा चार वटा दुर्घटना भएका छन् ।

अधिकांश दुर्घटनाहरू सवारी चालकको लापरवाही, तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०