अनुहारमा होलीको रङ लगाएर सेन्ट्रल मल प्रवेश गर्न नपाइने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रूपमा हर्षोल्लासका साथ मनाइने फागु अर्थात् होली पर्वको रौनक आज पहाडी तथा हिमाली जिल्लाहरूमा छ ।

वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व आज पहाडी र हिमाली जिल्लाहरूमा मनाइए पनि तराईका केही स्थानमा पनि मनाइएको छ ।

Advertisement

कोशी प्रदेशको राजधानी विराटनगरमा पनि आजै होलीको रौनक देखिएको थियो । अनुहारमा विभिन्न प्रकारका रङ लगाएर बाटोमा हिँडिरहेको र होलीका लागि चाहिने सामग्री किन-बेच गरिरहेको देख्न सकिन्छ ।

यसबीचमा विराटनगरको सेन्ट्रल मलले सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गरेर होलीको अवसरमा अनुहारमा रङ लगाएका ग्राहकहरूलाई प्रवेश गर्न निषेध गरेको छ ।

मलका सुरक्षा गार्डहरूले बिहीबार साँझतिर नचिनिने गरी अनुहारमा रङ लगाएर आएका ग्राहकहरूलाई रोकेका हुन् ।

सुरक्षा गार्डहरूले अनुहारको रङ पुछेर मात्र मल प्रवेश गर्न अनुमति दिइरहेका छन् । यस निर्णयपछि ग्राहकहरूको मिश्रित प्रतिक्रिया देखिएको छ ।

केही ग्राहकहरूले बिना कुनै झन्झट रङ पुछेका छन् भने अन्य केहीले भने यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

“चाडपर्वअनुसार रङ दलेरै जाँदा पनि केही नहुने” भन्दै केही ग्राहकहरूले सुरक्षा गार्डहरूसँग बहस गरिरहेको पनि देखिएको थियो ।

मलका व्यवस्थापकका अनुसार यो निर्णय सुरक्षाको कारणले गरिएको हो, जसले गर्दा सबै ग्राहकहरूको पहिचान स्पष्ट हुन सकोस् ।

सिसिटिभी फुटेजमा ग्राहकहरूको अनुहार स्पष्ट नदेखिने भएकाले कुनै अप्रिय घटेमा पहिचान तथा अनुसन्धानका लागि सहज हुने मलका सुरक्षा गार्डहरूको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०