प्राज्ञिक विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशन चितवनमा हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

बुधबार चितवनमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २ गतेबाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको परिषद्ले जनाएको हो ।

Advertisement

चितवन उद्योग सङ्घमा हुने अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुने परिषद्ले जनाएको छ ।

राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासन, शिक्षा, समाज, जीवन तथा राष्ट्रिय स्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि यो अधिवेशनले भूमिका खेल्ने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पँगेनीले बताए ।

देशमा बढिरहेको भ्रष्टाचार, दुर्व्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण सङ्कट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा अधिवेशन केन्द्रीत रहने उनको भनाइ छ ।

अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र सङ्कल्प गरी चारवटा अलग-अलग प्रस्तावहरू पारित हुने जनाइएको छ ।

राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेलले विद्यार्थी परिषद्ले दलगत राजनीति भन्दा माथि रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्तर राष्ट्र प्रथम भावका साथ काम गरिरहेको बताए ।

साथै परिषद्को ध्येय असल व्यक्ति निर्माण गर्ने रहेकोले राष्ट्र राष्ट्रियताका लागि दलगत स्वार्थलाई त्यागेर व्यक्ति निर्माणको केन्द्र क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यक्ति र नागरिक निर्माणका लागि काम गरिरहेको उल्लेख गरे ।

अधिवेशन चैत्र २ गते दिउँसो २ बजे उद्योग संघको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्‌घाटन गर्ने तय भएको छ ।

उद्‌घाटन कार्यक्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पँगेनीले बताए ।

तीन दिनसम्म चल्ने अधिवेशनमा विभिन्न समयमा अलग-अलग सत्रहरू सञ्चालन हुने छन् । जसमा समानान्तर सत्र चैत्र ३ गते बिहान ‘वर्तमान शिक्षा-प्रविधिको उपयोगिता एवं प्रभाव’ भन्ने विषयमा रहने छ ।

चैत्र ४ गते बिहान ‘राष्ट्रिय सुरक्षा र सुशासन’ का विषयमा सत्र सञ्चालन हुनेछ । चैत्र ४ गते दिउँसो नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्दै अधिवेशन सम्पन्न हुने महासचिव पँगेनीले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०