बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा घरअगाडि खेलिरहेका बालक घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा नं. २ रायटोल स्थित भित्री पक्की सडकमा मंगलबार दिउँसो १२:१० बजे एक भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा ४ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको BR38J 4783 नम्बरको १२५ सिसि क्षमताको भारतीय मोटरसाइकलले सडकमा खेल्दै गरेका स्थानीय निवासी नरेश रायका ४ वर्षीय छोरा आरुष रायलाई ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा बालकको अनुहार र दाहिने हातमा गम्भीर चोट लागेको छ । घाइते बालकलाई तत्काल उपचारका लागि विराट नर्सिङ होम, विराटनगर पठाइएको छ ।

दुर्घटना पश्चात मोटरसाइकल र चालक भारत अररिया जिल्ला, पिपरा गाउँ पञ्चायत, दम्मदिघी वडा नं. ३ निवासी ३० वर्षीय सुनिल मण्डललाई इलाका प्रहरी कार्यालय सितागंजले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण मोटरसाइकलको तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त दुर्घटना स्थल ट्राफिक प्रहरी पोष्ट दुहबी र सितागंजबाट करिब १७ किलोमिटर दक्षिणमा पर्दछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०