विराटनगरमा भेटिए एउटै नम्बर प्लेटका दुई वटा ट्रक

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएको छ ।

भन्सार कार्यालयमा मालवस्तु जाँचपास गराएर उद्योगमा अनलोड गरेर फर्कँदै गरेको र मालवस्तु बोकेर जाँचपासका लागि पार्किङमा रोकिएको गाडीको नम्बर प्लेट एउटै भेटिएको हो ।

Advertisement

एउटै नम्बर प्लेटका दुई ट्रक भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।

राजस्व छलीको सम्भावना देखिएपछि भारतीय नम्बर प्लेट आरजे १४ जिएच ०४३३६ नम्बरका दुई गाडी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

उद्योगबाट सामान अनलोड गरेर भन्सार प्रवेशमा इन्ट्री गराउने र भारतीय भन्सार परिसरबाट नेपालको भन्सार परिसरमा सामान बोकेर आउने ट्रकको समय एउटै परेपछि आशंका उब्जिएको छ ।

भारततर्फ फर्कंदै गरेको ट्रकको सामान भन्सार जाँचपासपछि नै अनलोड गरेर फर्किएको हो तर पार्किङमा भएको ट्रक भने भन्सार जाँचपास हुन बाँकी रहेको थियो ।

यस्तो अवस्थामा पहिलो ट्रकको सामानको प्रज्ञापनपत्र दुरुपयोग गरेर दोस्रो ट्रक भन्सारबाट निकाल्न सक्ने सम्भावना धेरै हुन्छ ।

दुवै ट्रकमा कटहरी गाउँपालिकास्थित काबरा ग्रुपले सञ्चालन गर्दै आएको क्वालिटी केम प्रालिको सामान रहेको पाइएको छ ।

यता, काबरा ग्रुपका विपिन काबराले कसरी त्यस्तो भयो भन्ने आफूलाई पनि यकिन नभएको बताए । एउटा खाली र अर्कोमा सामान छ भन्ने सुन्नमा आए भए पनि थप विषय बुझ्नै बाँकी रहेको उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०