मानगढ खानेपानीको निर्वाचन फेरि गराउन उच्च अदालतको आदेश

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । देशकै नमुना खानेपानी आयोजनाका रूपमा चिनिएको मानगढ खानेपानीको चुनाव पुनः हुने भएको छ ।

उच्च अदालत विराटनगरले विराटनगरस्थित विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गतको  मानगढ खानेपानी आयोजनाको निर्वाचन पुनः गराउन आदेश दिएको हो ।

Advertisement

उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि पुनः निर्वाचन गर्न रिट जारी गरेको हो ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार जेठ १९ गते बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न रिट जारी भएको हो ।

अब, पुरानै उम्मेदवारबाट नेतृत्व चयनका लागि मतदान पुन: हुनेछ ।

मानगढ खानेपानी आयोजनाको मतदान रद्द गरी पुन: निर्वाचन गराउन माग राख्दै उच्च अदालत, विराटनगरमा रिट निवेदन परेको थियो ।

विराटनगरका तीन जना उपभोक्ता यज्ञप्रसाद खतिवडा, टंकप्रसाद खतिवडा र भरत कार्कीले १० जनालाई विपक्षी बनाएर गत जेठ २५ गते उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

नयाँ नेतृत्व चयनको लागि भएको मतदान रद्द गरी पुनः निर्वाचन समिति गठन गरेर मात्रै निर्वाचनको प्रक्रिया सुरु गर्न माग राख्दै उनीहरूले रिट निवेदन दर्ता गराएका थिए ।

गत जेठ १९ गते विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो ।

वर्तमान अध्यक्ष रामबहादुर घिमिरे र लालमणि भट्टराई अध्यक्षका उम्मेदवार थिए । दुवै जना नेकपा (एमाले)मा आबद्ध छन् ।

खानेपानीको निर्वाचनमा एमाले मोरङ नेतृत्व २ धारमा बाँडिएको थियो ।

खानेपानी निर्वाचनकै विवादका कारण तत्कालीन महानगर अध्यक्ष सागर थापाको जिम्मेवारी खोसिएको थियो ।

अहिले थापा एमाले मोरङ जिल्लाको उपाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

पाँच हजार नौ सय घरधुरी सदस्य रहेको खानेपानी व्यवस्थापनका लागि मतदान हुँदा सबै मतदाताले मत हाल्न पाएका थिएनन् ।

मतदान भइरहेको बेला साँझपख मतदानस्थलमा भएको विवादले मतदान प्रकिया नै भाँडिएको थियो ।

अध्यक्ष पदका उम्मेदवार रामबहादुर घिमिरे पक्षले धाँधली गर्न खोजेको भन्दै अर्को पक्षले मतदानस्थलमा होहल्ला गरेपछि अन्तिम समयमा मतदान रोकिएको थियो ।

मतदान गर्न नपाएका सदस्यका लागि जेठ २० गते समय तोकिए पनि विवादका कारण मतदान भएको थिएन ।

खसेको मतलाई गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत ३ जना उच्च अदालत पुगेका थिए ।

टंकप्रसाद खतिवडासमेत ३ जना पुनः मतदानको मागसहित अदालत पुगेका थिए ।

अन्तिम सुनुवाइका क्रममा सोमबार उच्च अदालतले कट्टेलसहित ३ जनाको रिट खारेज गरेको छ ।

खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गर्न अदालतले रिट जारी गरेको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०