विराटनगर । विराटनगरदेखि धरान जाँदै गरेको बसबाट हामफालेका विद्यार्थी गम्भीर घाइते बनेका छन् ।
आइतबार राति ८:३० बजे सुनसरीको धरान उपमहानगरपालिका-८ डम्पिङ साइटमा बसबाट विद्यार्थी हामफालेका थिए ।
कोशी लोकमार्गमा वराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ६२९२ नम्बरको यात्रुबाहक बसको पछाडितर्फको दाहिने साइडको दुईवटा टायर एक्कासि पड्किएको थियो ।
त्यसपछि आत्तिएका बसमा सवार खोटाङ ट्याम्बा गाउँपालिका-७ घर भई हाल धरान-१४ पिण्डेश्वरी विद्या पिठमा पठ्ने २२ वर्षीय लोकेन्द्र घिमिरे बसबाट हाम फालेका थिए ।
हामफाल्दा लडेर अनुहारमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचार धरानस्थित घोपा क्याम्पमा भइरहेका छन् ।
बस चालक मोरङको विराटनगर महानगरपालिका-१ बस्ने ५४ वर्षीय सुरेशकुमार श्रेष्ठ प्रहरी चौकी तिनकुनेको नियन्त्रणमा छन् ।