‘बिजनेस आइडिया कन्टेस्ट’ मा मेरिल्यान्ड प्रथम

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा आयोजित ‘बिजनेस आइडिया कन्टेस्ट’ मेरिल्यान्ड कलेजका विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन् ।

नेप्लिस इन्ट्रिप्रेन्युअर्स फोरम विराटनगर च्याप्टरद्वारा शनिबार उद्योग संगठन मोरङमा आयोजित प्रतियोगितामा मेरिल्यान्ड कलेज पहिलो बनेको हो ।

Advertisement

मेरिल्यान्डका बिबिएस तेस्रो वर्षका सुमन झाखड, द्रक्षा प्रविन र भारती मण्डलको समूहले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

विजेता टिमले नेपालमै नयाँ अवधारणा ‘हेल्प एट होम’ प्रस्तुत गरेको थियो ।

समाज र परिवार, जागिर र व्यवसायमा व्यस्त हुँदा घरकाज गर्न घरायसी महिला कामदारको आवश्यकता पूरा गर्न उक्त कम्पनीको अवधारणा ल्याएको प्रस्तुतकर्ता द्रक्षा प्रविनले बताइन् ।

विराटनगरका स्नातक तहका छात्राहरू मात्र सामेल गराउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विराटनगरका एक दर्जनभन्दा बढी कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विजेता टिमलाई प्रथम पुरस्कार स्वरूप नगद रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा मुक्तना चकलेट फ्याक्ट्रीकी निर्देशक अङ्किता गिरी, अर्किड सेलुन एण्ड एकेडेमीकी निर्देशक रतिम प्याकुरेल, तनिष बुटिककी विनिशा कटेल र भ्यालेन्टाइन्स बेकरी क्याफेकी निर्देशक दिना श्रेष्ठ जजको रूपमा रहेका थिए ।

मेरिल्यान्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले आन्तरिक रूपमा पनि विद्यार्थीहरू बीच विभिन्न प्रतियोगिता समय-समयमा गराउनुले विद्यार्थीहरू सक्षम हुन सकेको बताए ।

व्यवस्थापन शिक्षामा अब्बल शैक्षिक संस्थाको रूपमा परिचित मेरिल्यान्ड कलेजले आउँदो शैक्षिक सत्रदेखि विज्ञान संकाय पनि सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०